पाँच बीमा कम्पनीले गरे बाढीको दाबी भुक्तानी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 12, 2017 | 04:57:23 AM मा प्रकाशित

laxmi  sunrise bank

बाढीका कारण बिमा कम्पनीहरूमा परेको दाबीमध्ये पाँच बटा कम्पनीले भुक्तानी गरिसकेका छन् । बिमा समितिका अनुसार उक्त कम्पनीहरूले ३० वटा दाबी बापत करिब सवा दुई करोेड रुपैयाँ भुक्तानी गरेका छन् । 

समितिको पछिल्लो तथ्यांक अनुसार बाढी बापतको दाबीको नेशनल इन्स्योरेन्स, युनाईटेड इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, प्रुडेन्सियल र शिखर इन्स्योरेन्सले भुक्तानी गरेका छन् । जसमध्ये नेशनल इन्स्योरेन्सले कम्पनीका परेको दाबीमध्ये २२ वटा बापत २४ लाख ८७ हजार रुपैयाँ भुक्तानी गरिसकेको छ । शिखर इन्स्योरेन्सले भने ४ वटा दाबी बापत २ लाख ६० हजार रुपैयाँ भुक्तानी गरेको छ । 

त्यस्तै, सगरमाथा इन्स्योरेन्सले २ वटा दाबीबापत ८० लाख ५० हजार रुपैयाँ भुक्तानी गरेको छ । युनाइटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले भने १÷१ दाबीको भुक्तानी गरेका छन् । जसबापत कम्पनीहरूले क्रमशः ६३ लाख २१ हजार र ५० लाख रुपैयाँ भुक्तानी गरिसकेका छन् । 

कम्पनीहरूले सबैभन्दा बढी अग्नि बिमा दाबी भुक्तानी गरेका छन् । अग्नी बिमामा परेको दाबीमध्ये २१ वटाले भुक्तानी गरिसकेका छन् । जसबापत १ करोड १६ लाख रुपैयाँ भुक्तानी भएको छ । त्यस्तै, मोटर बिमामा परेको दाबीमध्ये कम्पनीहरूले ४ वटा दाबी बराबर १ लाख ६१ हजार भुक्तानी गरेका छन् । 

इन्जिनियरिङ बिमा (निर्माणधीन आयोजना) मा परेको दाबीमध्ये २ वटा दाबी बापत १ लाख २५ हजार भुक्तान भएको छ भने इन्जिनियरिङ बिमा (निर्माण सम्पन्न भइसकेको आयोजना) मा परेको दाबी रकमध्ये ३० लाख रुपैयाँ भुक्तानी भएको छ । सामुन्द्रिक अन्र्तगत भने २ वटा बापत ७० लाख ५० हजार रुपैयाँ भुक्तानी भएको छ । त्यस्तै, कृषि बिमामा परेको दाबीमध्ये ९९ हजार रुपैयाँ कम्पनीहरूले भुक्तानी गरिसकेको कारोबारमा खबर छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved