जयसवालको वैध कमाइ साढे ८ लाख, अवैध सवा २ करोड !

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 12, 2017 | 05:02:59 AM मा प्रकाशित

laxmi  sunrise bank

तत्कालीन जिल्ला विकास समिति, बाराका इन्जिनियर मेघु जयसवाल पदको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा दोस्रोपटक भ्रष्टाचारी ठहर भएका छन् । विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा जयसवाललाई ९१ लाख ७४ हजार रुपैयाँ गैरकानुनी आर्जनमार्फत भ्रष्टाचार गरेको ठहर गर्दै ३ महिना कैद फैसला सुनाएको छ । 


यसअघि २०७० सालमा जिविस बाराको विकास बजेट अनियमितता गरेको आरोपमा उनीमाथि विशेष अदालतले नै २४ लाख ३५ हजार रुपैयाँ जरिवानासहित २ वर्ष कैद फैसला सुनाएको थियो ।


अथाह आर्जन


आफ्नो २२ वर्षे जागिरे जीवनमा तलबबापत ८ लाख ४८ हजार मात्र आर्जन गरेका जयसवालले त्यसको करिब ५५ गुणा बढी अर्थात् २ करोड २६ लाख रुपैयाँ सम्पत्ति आर्जन गरेको आरोप अख्तियारको थियो । विकास बजेट भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएको १० महिनापछि अख्तियारले उनीमाथि १ करोड ३० लाख रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको आरोप लगाएको थियो । जयसवालको कुल २ करोड २६ लाख रुपैयाँ सम्पत्ति मूल्यांकन गरेको अख्तियारले ८६ लाख ३१ हजार रुपैयाँलाई वैध मानी १ करोड ३० लाख रुपैयाँको गैरकानुनी आर्जन भनी दाबी गरेको हो । विशेषले भने अख्तियारको दाबीबाहेकको ३९ लाख रुपैयाँलाई वैध नै ठहर्‍याई बाँकी ९१ लाख रुपैयाँलाई अवैध आर्जन भनी फैसला गरेको छ । 


२०४६ असोजमा जागिर सुरु गरेका जयसवालले हालसम्म तलबबापत ८ लाख ४९ हजार रुपैयाँ कमाए पनि ५ लाख ९४ हजार रुपैयाँ मात्रै बचत गरेको अख्तियारको अनुसन्धानले देखाएको छ । जागिर सुरु गरेको १३ वर्षपछि अर्थात् २०५९ असारसम्म १ लाख ४२ हजार रुपैयाँ मात्रै आर्जन गरेका उनले त्यस अवधिमा ६३ लाख ३९ हजार रुपैयाँ जुटाएर विभिन्न क्षेत्रमा लगानी गरिसकेका थिए । घर खरिदलगायतमा उनले गरेको खर्चको ६१ लाख ९७ हजार रुपैयाँको स्रोत खुल्न सकेको थिएन । 


२०५७ सालदेखि ०५९ असारसम्म केवल १५ हजार रुपैयाँ बचत गरेका जयसवालले त्यही अवधिमा घरजग्गामा लगानी गरेका थिए । २०६० देखि ०६२ को असार मसान्तसम्म तलब र अन्य स्रोतबाट केवल १२ लाख १८ हजार रुपैयाँ आम्दानी गरेकोमा ७८ लाख ८१ हजार रुपैयाँ लगानी गरेर थप ६६ लाख ६३ हजार रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको दाबी रहेको कान्तिपुरमा खबर

 छ  । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved