एनसेल र आईफ्लिक्सको सहकार्य, निशुल्का डाटा हेर्न र डाउनलोड गर्न सकिने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 13, 2017 | 05:04:30 AM मा प्रकाशित

laxmi  sunrise bank

एनसेल प्राइभेट लिमिटेडले विश्वव्यापी आइफिल्क्ससँग सहकार्य गरेको घोषणा गरेको छ । यो सहकार्यसँगै बिहीबारदेखि तीन महिनासम्म एनसेलको डाटा सेवा प्रयोग गरी आईफ्लिक्समा रहेको सामाग्री निःशुल्क हेर्न र डाउनलोड गर्न पाउनेछन् ।

तीन महिनाको समयावधिमा एनसेलका ग्राहकले राति १२ बजेदेखि बिहान ५ बजेसम्म एनसेलको डेटा सेवा प्रयोग गरी आईफ्लिक्समा रहेको कुनै पनि सामाग्री निःशुल्क हेर्न तथा डाउनलोड गर्न सक्नेछन् । यसका साथै एनसेलका फोरजी ग्राहकले हरेका दिन बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म थप २ घण्टा आईफ्लिक्सको निःशुल्क मज्जा लिन सक्नेछन् । ‘ग्राहकहरुलाई विश्वस्तरीय मनोरञ्जन प्रदान गरी विभिन्न १९ सहरमा फोरजी सेवा बिस्तार गरेर डिजिटल नेपाल निर्माणको कार्यमा योगदान पुर्याउने छ भन्नेमा आशावादी छौं,’ एनसेलका कर्पोरेट सर्भिसेस् डाइरेक्टर प्रणय आचार्यले भने ।

एनसेलले आईफ्लिक्स अफर ल्याइएको अवसरमा कर सहित ५० रुपैंयामा १ घण्टाको भिडियो प्याक ल्याएको छ। यो प्याकअन्र्तगत ग्राहकले  आईफ्लिक्समा रहेका कन्टेन्टहरु  एक घण्टा सम्म प्रयोग गर्न सक्नेछन् ।  विश्वभर दुई सयभन्दा बढी स्टूडियो रहेको आईफ्लिक्सले ग्राहकमाझ अन्तर्राष्ट्रिय तथा स्थानीय टिभी सिरियल तथा फिल्महरुको संगालो उपलब्ध गराउनेछ ।

‘आईफ्लिक्स स्थानीय ग्राहकहरुको मनोरञ्जनको माग पुरा गर्न अत्यन्त संवेदनशील छ । एनसेलको सहकार्यबाट हाम्रा सामग्रीले नेपाली ग्राहकलाई आफ्ना रोजाईको डिभाइसमा डाउनलोड वा स्ट्रिम गर्ने सुविधा प्रदान गर्न तत्पर छौं,’ आईफ्लिक्सकालागि नेपाल प्रमुख भावना घिमिरेले भनेको नागरिकमा खबर छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved