नेपाल प्रहरीले भारतको टोपी लगाएको खुलासा

नेपाल प्रहरीको टोपीमा भारतको झण्डा
मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 13, 2017 | 05:47:04 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल प्रहरीले लगाउने पोशाकमा छिमेकी मुलुक भारतलाई झल्काउने संकेत छन् भन्दा कतिपयलाई पत्यार नलाग्न सक्छ ।

सुरक्षाकर्मीले लगाएको टोपीमा यस्ता संकेत भेटिएपछि पत्याउनै पर्ने हुन्छ । 

कतिपय प्रहरीले लगाएका टोपीमा भारतको राष्ट्रिय झण्डा तिरंग मेरा भारत महान, सारे जहाँ से अच्छा हिन्दुस्तान हमरा, लेखिएका थुप्रै संकेत भेटिन्छन् ।

ती संकेत टापैको भित्रपट्टी राखिएका छन् । अझ कतिपय टोपीमा भेडाको चित्रसमेत उल्लेख गरेको पाइएको छ ।

आफ्नो स्वाभिमानमाथि नै आँच आउने खालका यस्तो टोपी सुरक्षाकर्मीले बर्षौदेखि प्रयोग गर्दै आएका छन् ।

उनीहरुले यसबारेमा जानकारी नभएर हो वा संगठनकै लापरवाहीले सुरक्षाकर्मीको स्वाभिमान गरिाउने काम भएको छ ।

संगठनको तल्लो तहका जवान मात्रै हैन प्रहरी अधिकृतले लगाएको टोपीमा समेत यस्ता संकेत भेटिएका छन् ।

एकजना प्रहरी अधिकृतले लगाएको टोपीमा भारतीय झण्डा र सारे जहाँ से अच्छा हिन्दुस्तान हमरा लेखिएको पाईएको छ । नागरिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved