८ अर्ब अनुमान गरिएको चमेलियाको १६ अर्ब लागत !

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 13, 2017 | 06:28:15 AM मा प्रकाशित

laxmi  sunrise bank


पाँच वर्ष ढिलाइ र झन्डै दोब्बर खर्च लागेको चमेलिया जलविद्युत् आयोजनाबाट मंसिरदेखि बिजुली उत्पादन हुने भएको छ । बैतडी र दार्चुला छुट्याउने नदी चमेलियामा निर्माणाधीन ३० मेगावाट क्षमताको जलविद्युत् परियोजना उत्पादनको चरणमा पुगेको छ । चमेलिया आयोजनाको विद्युत् आगामी नोभेम्बरबाट उत्पादन हुने आयोजनाको भनाइ छ । 

आयोजना प्रमुख अजयकुमार दाहालका अनुसार परीक्षण (ड्राई टेस्ट) को काम सकेर अन्तिम उत्पादन र प्रसारणको काम भइरहेको छ । 

साढे ४ किलोमिटर सुरुङको ३ टनेलमध्ये १ र ३ नम्बर बन्द गरिसकेको र २ नम्बर टनेल बन्द गर्ने कार्य भइरहेको छ । ‘प्लकिङ र सुरुङ सरसफाइ सकिएपछि सिभिलतर्फको काम सकिने आजको कान्तिपुरमा खबर छ । 

त्यसपछि सुरुङमा पानी छोडिनेछ,’ उनले भने, ‘सुरुङ टेस्ट भएपछि पावरहाउसमा जडान मेसिन टेस्ट गरिन्छ ।’ उनले अक्टोबरमा टेस्टिङ सकेर नोभेम्बरमा उत्पादन सुरु गर्ने गरी काम भइरहेको जानकारी दिए । 

परियोजनाले ६ वर्ष ढिलो उत्पादन गर्न थालेको भए पनि स्थानीय बासिन्दा खुसी छन् । ‘परियोजनाबाट बिजुली उत्पादन सुरु हुन लागेकोमा हामी खुसी छौं,’ स्थानीय गोविन्द बोहराले भने, ‘लोडसेडिङ’ को मार खेपिरहेका नेपालीलाई राहत पक्कै हुन्छ ।’ उनले उत्पादन खर्चमा बढाएको लागत, निर्माण कार्यमा सुस्तता र आर्थिक अनियमितताले सन्तोष गर्ने ठाउँ कमै रहेको सुनाए । 

ठेकेदार र सरकारी पक्षबाट भएको ढिलाइका कारण आयोजनाको लागत सुरुमा अनुमान गरिएभन्दा दोब्बर पुगेको छ । ८ अर्ब अनुमान गरिएको आयोजनामा १५ अर्ब ६० करोड रुपैयाँमा आयोजनाले निर्माण कार्य सम्पन्न गर्न लागेको हो । २००७ मा सुरु भएको परियोजनाको सुरुको अनुमानित लागत मूल्य ८ अर्ब ५० करोड रुपैयाँ थियो । ठेकेदार कम्पनी चाइनाको गेजुवा ग्रुप ९सीजीजीसी० र विद्युत् प्राधिकरणबीच सम्झौता हुँदा निर्माण कार्य २०११ मा सम्पन्न गर्ने लक्ष्य थियो । ‘निर्माण कार्यमा भएको ढिलाइले लागत मूल्य वृद्धि हुँदै गएको हो,’ आयोजना प्रमुख दाहालले भने, ‘ठेकेदार कम्पनी, परामर्शदाताको लापरबाही र सरकारी बेवास्ताले समयमै परियोजनाको निर्माण कार्य सम्पन्न हुन सकेन ।’ अब अन्तिम चरणको कामले गति पाएमा नोभेम्बरबाट बिजुली उत्पादन भई १३२ केभी राष्ट्रिय प्रसारण लाइनमा जोडिने उनले जानकारी दिए । उनले सुरुङ भत्केकाले पुनर्निर्माण (भेरिएसन) मा आर्थिक अनिमियतताको छानबिन प्रकरणले समेत केही महिना काम रोकिएको बताए ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved