मन्त्रीपरिषद विस्तार, आचार संहिताको ठाडो उल्लङघन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 14, 2017 | 04:53:45 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री शेरवहादुर देउवाले संसदको आयु सकिनै लाग्दा निर्वाचन आचार संहिताको ठाडो उल्लघंन गर्दै शुक्रबार मन्त्रिपरिष विस्तार गरेका छन् । निर्वाचन आयोगले आयोजना गरेको राजनीतिक दलहरुसंगको छलफलमा प्रधानमन्त्री देउवाले निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेको केही छिनमै मन्त्रिपरिष विस्तारको निर्णय लिएका हुन । 


प्रधानमन्त्री देउवाले सरकारलाई समर्थन दिएको चार दिनपछि राप्रपालाई सरकारमा ल्याएका हुन । राप्रपाले सोमबार मात्रै सरकारलाई समर्थनको पत्र पठाएको थियो । राप्रपाबाट अध्यक्ष कमल थापा उपप्रधानमन्त्री सहित चार मन्त्री र चार राज्य मन्त्री थपिएका छन । देउवाले इतिहासमै कलंक लाग्ने गरी मौजूदा मन्त्रिपरिष विस्तार गरेर ६४ सदस्यीय पुर्‍याएका छन् । 

संसदको आयु सकिनु अघिल्लो दिनमा प्रधानमन्त्रीले चालेको यो कदमलाई प्रमुख प्रतिपक्ष गठबन्धनसहित नागरिक समाजले आपत्ति जनाउदै निर्वाचन नगराउने षडयन्त्रको रुपमा लिएका छन् । मन्त्रिपरिष विस्तारलाई लिएर कांग्रेसभित्रै असन्तुष्टी बढेको छ ।  कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय नेताहरुले प्रधानमन्त्रीले पार्टीभित्र छलफलनै नगरी मन्त्रिपरिष विस्तार गरेको भन्दै प्रधानमन्त्रीसंग असन्तुष्टी जनाएका छन । ‘निर्वाचनको मुखमा यस्तो कदम नचाल्नुहोस भनेर हामीले भन्दै आएको थियौं’ पौडेल निकट एक नेताले भने,‘तर प्रधानमन्त्रीले कलंक लाग्नेगरी मन्त्रिपरिष विस्तार गरेर पार्टीलाई क्षति पुर्‍याउने काम गर्नु भएको छ ।’ 

कान्तिपुरमा खबर छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved