ड्रपआउट दाजुभाइ बने अर्बपति

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 15, 2017 | 04:35:30 AM मा प्रकाशित

laxmi  sunrise bank

खेल्ने, पढ्ने र रमाइलो गर्ने उमेरमै आयरल्यान्डका दुई दाजुभाइ जोन र प्याट्रिक कोलिसन मनग्ये धनाअर्जन गर्न सफल भए । त्यो पनि आफ्नै सोच, प्रयास र पौरखबाट । त्यसैले ‘गरे के हुँदैन रु’ भन्ने सन्देश मात्रै यी दाजुभाइले सम्प्रेषण गरेका छैनन्, ‘खाने मुखलाई जुँगाले छेक्दैन’ भन्ने नेपाली उखानलाई समेत चरितार्थ गरिदिएका छन् । 

आयरल्यान्डस्थित एउटा सानो तालको छेउमा आमाबुबाले खोलेको होटल नजिकै यी दुईजना सँगसँगै लुडिबुडी गर्दै हुर्केका थिए । धेरैपटक दाजुभाइ एकअर्कालाई जित्ने होडबाजी गर्थे । त्यसैक्रममा तिनका कलिला हातहरूले अनेकौं शिल्पहरूको अविष्कार गरिसकेका थिए । स्थानीय सामग्रीबाट दुवैले विभिन्न खेलौनाहरू बनाउँथे । यसैक्रममा दुई बीच प्रतियोगिता नै चल्थ्यो । तर, सौहार्दता र सकारात्मकताका साथ हरेक परिस्थितिमा तिनीहरूले एकअर्कालाई स्वीकार गर्थे, अघि ब्थे । त्यही गुणकै कारणले त हो नि, विश्वका कान्छा अर्बपति बन्न सफल भएका छन् । 

जोन कोलिसन आफूलाई एकजना आइरिस उद्यमीका रूपमा स्थापित गरिसकेका छन् । तर, दाजु प्याट्रिकसँग मिलेर खोलेको ‘स्ट्रिप’ कम्पनीका सह–संस्थापक र अध्यक्षको परिचयसमेत उनीसँग थपिएको छ । यही परिचयबाट उनी विश्वमा चिनिने गरेका छन् । हाल यी दाजुभाइ प्रत्येकको सम्पत्ति हाल १ दशमलव १ अर्ब अमेरिकी डलर रहेको छ । सनफ्रान्सिस्कोमा प्रधान कार्यालय रहेको ‘स्ट्रिप’ ले गुगल प्यारेन्ट्स कम्पनी ‘अल्फाबेट’ को अंग रहेका ‘क्यापिटल जी’ बाट १ सय ५० मिलियन उठाएपछि तिनीहरूको भाग्योदय भएको बताइन्छ । कान्तिपुरमा खबर छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved