टेलिकमको ग्राहक सेवा १९८ बाट

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 15, 2017 | 04:39:52 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले नयाँ सोधपुछ तथा ग्राहक सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । टेलिकमले शुक्रबारदेखि नयाँ संरचना तयार गरी ग्राहक सेवा केन्द्र सञ्चालनमा ल्याएको हो । सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टले नयाँ सेवा केन्द्रको शुभारम्भ गरेका छन् ।

पहिलेदेखि नै सेवा सञ्चालन गरिए भए पनि अहिले नयाँ व्यवस्थापन गरी सञ्चालन गरिएको टेलिकम ग्राहक सेवा निर्देशनालयका निर्देशक देवनारायण यादवले जानकारी दिए । यसअघि १९७ मार्फत हुने सोधपुछ सेवा शुक्रबारदेखि १९८ डायल गरेर प्राप्त गर्न सकिनेछ ।

वायरलाइन ग्राहकका लागि १९८ र जीएसएम तथा सीडीएमए मोबाइलका ग्राहकले १४९८ नम्बर डायल गरी सेवासम्बन्धी गुनासा, जिज्ञासा र आवश्यक जानकारी लिन सकिने टेलिकमले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । यो सेवा निःशुल्क रहेको जनाइए अन्नपूर्णपोष्टमा खबर छ ।


नयाँ सेवा केन्द्रबाट एसएमएस, ई(मेल तथा वेब च्याटमार्फत सोधपुछ तथा ग्राहक सेवा उपलब्ध गराउने तयारी छ । हालसम्म टेलिफोनबाट मात्र सेवा दिइरहेकोमा नयाँ सेवा केन्द्रबाट एसएमएस, ई(मेल तथा वेब च्याटमार्फत सोधपुछ तथा ग्राहक सेवा उपलब्ध गराउने तयारी भएको छ । फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जालमार्फत प्राप्त सुझाव तथा गुनासाको जवाफ पनि उपलब्ध गराउने व्यवस्था गरिने टेलिकमले जानकारी दिएको छ । टेलिकमको यस्तो सोधपुछ तथा ग्राहकसम्बन्धी सेवा बाह्य संस्थामार्फत भएको छ । हाल नयाँ व्यवस्थापनसहित हाइवे लिंक प्रालिसँग सम्झौता गरी यस्तो सेवा उपलब्ध गराउन थालिएको टेलिकमको भनाइ छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved