डा. केसीको स्वास्थ्य गम्भिर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 16, 2017 | 04:32:57 AM मा प्रकाशित

laxmi  sunrise bank


चिकित्सा शिक्षा र सेवामा सुधारका माग राखी ११ दिनदेखि आमरण अनशन बसिरहेका प्रा।डा।गोविन्द केसीका प्रतिनिधि र सरकारी पक्षबीच आइतबार भएको वार्ता निष्कर्षमा पुग्न नसके पनि सकारात्मक भएको छ । 

डा। केसीका सातवटै मागका विषयमा वार्तामा विस्तृत छलफल भएको जानकारी दिँदै केसी पक्षबाट वार्तामा सहभागी डा। वाईपी सिंहले भने, ‘दुवै पक्षबीचको वार्ता सकारात्मक दिशामा गइरहेको छ, यस्तै ‘स्पिरिट’ कायम रहे एकरदुई दिनमै कुनै टुंगोमा पुग्न सकिन्छ ।’

डा। केसीको मुख्य माग चिकित्सा शिक्षा विधेयक प्रमुख दलहरूबीच असमझदारीका कारण संसदबाट पारित हुन सकेको थिएन । उक्त विधेयकलाई सहमतिमा अध्यादेशका रूपमा जारी गर्ने विकल्पबारे छलफल भएको सरकारी वार्ता टोलीका एक प्रतिनिधिले जनाए ।

‘हामीले चिकित्सा शिक्षा विधेयकलाई हालको बदलिएको परिस्थितिमा वैकल्पिक रूपमा कसरी अघि बढाउन सकिन्छ भन्नेबारे समेत विस्तृत छलफल गर्‍यौं,’ ती सरकारी अधिकारीले भने, ‘मेडिकल कलेजले सरकारले निर्धारण गरेको शुल्कभन्दा बढी लिन नपाउनेलगायत जनसरोकारसँग जोडिएका मागमा दुवै पक्षबीच धेरै सकारात्मक छलफल भएको छ ।’

डा। केसीका अर्का प्रतिनिधि डा। अभिशेकराज सिंहका अनुसार सरकारी टोलीले आइतबारको वार्तामा भएको सहमतिअनुसार गृहकार्य गरेर प्रस्तुत भए सोमबारको वार्ता निर्णायक हुन सक्छ । अर्को वार्ता सोमबार बिहान १० बजे हुने जानकारी उनले दिए । कान्तिपुरमा खबर छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved