निगमको जहाज विक्रिमा नै विवाद

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 16, 2017 | 04:37:18 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वायु सेवा निगमले ३० वर्षे पुरानो बोइङ ७५७ बीबी एयरवेयजलाई करिब १५ करोड रुपैयाँमा बिक्री गरेपछि विवाद सिर्जना भएको छ। निगमले अमेरिकन एभिओन सिस्टम आईएनसीलाई जहाज खरिदका लागि बोलाएको समय सिमा नसकिँदै अन्य कम्पनीलाई बिक्री गरेका कारण विवाद भएको हो।

निगमले जहाज बिक्री गर्दा पाएको रकम अमेरिकन कम्पनीले दिने तयार रहेको रकमभन्दा एक करोड रुपैयाँ बढी हो। अमेरिकन कम्पनीले आफूलाई जहाज खरिद सम्झौतामा बोलाएर अन्यलाई जहाज बिक्री गरेको भन्दै आपत्ति जनाएको छ। अमेरिकन कम्पनीका परार्मशदाता तन्नु जोशीले आफूहरू बीबी एयरवेयजले दिएभन्दा बढी रकम समेत दिन तयार रहेको अवस्थामा छलफलनै नगरी जहाज बिक्री गर्नु गलत भएको बताए।


 निगमले दुई पटकसम्म जहाज बिक्रीका लागि ग्लोबल टेन्डर गरेको थियो। बोलपत्रमा कसैले पनि जहाज किन्ने इच्छा प्रकट नगरेपछि निगमले गत जुलाई २१ देखि २८ को समय सिमा राखेर आपसी समझदारीमा जहाज बिक्रीको सूचना प्रकाशन गरेको थियो।

सूचना प्रकाशन भएपछि स्वदेशी र विदेशी गरी सातवटा कम्पनीले आपसी समझदारीमा निगमको जहाज खरिद गर्ने इच्छा देखाएका थिए। सोही आधारका नेपाल वायुसेवा निगमले दुई पक्षीय छलफलमा अमेरिकन एभिओन सिस्टम आईएनसीलाई सेप्टेम्बर २० मा करिब १४ करोड रुपैयाँमा जहाज खरिदका लागि सम्झौता गर्न आउन पत्रचार गर्‍यो। तर, २२ सेप्टेम्बरमा फेरि निगमले अमेरिकन कम्पनीलाई नेपालमा चार्डपर्व बिदा सुरु भइसकेको र महाप्रबन्धकको विदेश भ्रमण रहेका कारण ८ अक्टोबरदेखि १७ तारेखभित्र जहाज खरिद सम्झौतामा लागि आउने पत्रचार गरेको देखिन्छ।

निगमको पत्र पाउन साथ अमेरिकन कम्पनीले १४ अक्टोबर नेपाल आउने जवाफ पठाएको थियो। तर, नेपाल वायु सेवा निगमले भने ११ अक्टोबरमै बीबी एयरवेयजलाई १५ करोड रुपैयाँमा जहाज खरिद गरेसँगै विवाद सुरु भएको छ। आपसी समझादारीमा हुने बिक्रीमा सबैभन्दा बढी रकम दिनेलाई आफ्नो सामान बेच्न पाउने अधिकार भए पनि वार्तालाप सकेर रकम समेत फाइनल भएको अवस्थाका जहाज अन्य कम्पनीलाई बिक्री गर्नु निगमको कमजोरी भएको अमेरिकन कम्पनीको भनाइ अन्नपूर्णपोष्टमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved