कतारमा १३ सय नेपाली सहित २५ सय कामदारको रोजगारी गुम्यो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 17, 2017 | 05:52:21 AM मा प्रकाशित

laxmi  sunrise bank

कतारमा रहेको युनाइटेड क्लिनिङ कम्पनी धराशायी हुँदा करिब १३ सय नेपालीसहित २५ सय कामदारको रोजगारी गुमेको छ ।

कम्पनी धाराशायी भएपछि रोजगारी गुमाउनेमध्ये ३ सय नेपाली महिला छन् । युनाइटेड कम्पनीमा नेपालीसहित फिलिपिन्स, बंगलादेश, श्रीलंका र अफ्रिकी देशका नागरिक कार्यरत छन् । कम्पनीले कामदारको तीन महिनाको तलब भुक्तानी नगर्नुको साथै आवसीय अनुमतिपत्र ९भिसा० नवीकरण गरेको छैन । पीडितहरूले तलबसहित स्वदेश पठाइदिनका लागि कतारको श्रम विभाग र अदालतमा उजुरी दिएका छन् । पीडितले स्वदेश पठाइदिन वा अर्को कम्पनीमा काम गर्नका लागि ‘रिलिज’ दिलाइदिन नेपाली दूतावासलाई अनुरोध गरेको कान्तिपुरमा खबर छ ।

कम्पनीले उनीहरूलाई कतारका विभिन्न मन्त्रालय, प्रहरी, सेना, अदालत, बन्दरगाह, बैंक, निजी क्षेत्रका ठूला कार्यालयलगायत क्षेत्रमा सफाइ मजदुर र कार्यालय सहयोगीका रूपमा काम गर्न पठाउने गरेको थियो । सरकारी निकायमा काम गर्ने भए पनि कम्पनी धराशायीमा गएको वा तलब दिन नसक्नुको स्पष्ट कारणबारे कामदारलाई जानकारी दिएको छैन । ‘कम्पनीमा सुरुदेखि नै समस्या आइरहेको थियो । अधिकांश कामदारको भिसा पनि नवीकरण गर्न सकेको छैन,’ ५ वर्षदेखि काम गर्दै आएकी इलामकी रेणु कार्कीले कान्तिपुरलाई भनिन्, ‘अगस्टदेखि त तलब दिएको छैन । काम पनि दिएको छैन ।’ 

काम र तलब नहुँदा पीडित कामदार समस्यामा पर्न थालेका छन् । ‘पुरुष साथीहरू श्रम विभागमा उजुरी हालेको छ । महिला साथीहरू सीधैं दफना अदालतमा उजुरी हालेको छ,’ कार्कीले भनिन्, ‘न्याय दिलाइदिनका लागि हामी नेपाली दूतावास र कतार मानव अधिकार समितिमा पनि पुगिसकेका छौं ।’ पुरुष र महिला कामदारलाई अलगअलग स्थानमा राखिएको छ । महिला कामदारलाई कतारको अबुहम्मर, अलकिसा र एनखालिदस्थित क्याम्म राखिएको छ । नेपाली महिला कामदार राखिएको एउटा क्याम्पमा बिजुली नै काटिदिएको  छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved