रातो पासपोर्टमा निगरानी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 17, 2017 | 06:05:53 AM मा प्रकाशित

laxmi  sunrise bank

अध्यागमन विभागले निवर्तमान सांसदहरूले कूटनीतिक (रातो) पासपोर्ट दुरूपयोग गर्नसक्ने आशंकामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका कार्यालयबाट निगरानी थालेको छ । संसद्को म्याद सकिए पनि रातो पासपोर्ट प्रयोग गरेर पूर्वसांसदहरू विदेश जानसक्ने सम्भावना औंल्याउँदै विभागले त्यसलाई रोक्न सक्रियता वढाएको हो ।

सरकारले सुविधाबापत उपलब्ध गराएको रातो पासपोर्ट व्यवस्थापिका संसद्को अवधि सकिएसँगै दुरूपयोग हुनसक्ने र वैदेशिक रोजगारको आवरणमा सक्रिय दलाल तथा मानव तस्करसम्म पुग्नसक्ने विभागको आशंका छ । पहिलो संविधानसभाका १ दर्जन सांसदहरू रातो पासपोर्ट किर्ते प्रकरणमा छानविनको दायरामा परेका थिए ।

त्यसलाई समेत मध्यनजर राखेर विगतका कमजोरी दोहोरीएर प्रत्यक्ष, समानुपातिक र मनोनित गरी संसद्को कुल सदस्य संख्या ६०१ रहेकोमा अवधि सकिएका दिनसम्म सांसद संख्या ५ सय ९३ छ । निवर्तमान भएका अधिकांशले रातो पासपोर्ट सुविधा लिएका छन् ।

संसद्को अवधि सकिनु केही दिनअघि मात्रै केही सांसदहरू रातो पासपोर्ट फिर्ता प्रक्रिया बुझ्न संसद् सचिवालय पुगे पनि धेरैजसो सांसद पासपोर्ट फिर्ताबारे सम्पर्कमा नआएको सचिवालयले जनाएको छ । अध्यागमन विभागका महानिर्देशक दीपक काफ्लेले रातोपासपोर्ट पदमा रहुन्जेलसम्म मात्रै प्रयोग गर्न पाइने भन्दै यो सुविधा लिएका सबैले सम्वन्धित कार्यालयमा फिर्ता गर्नुपर्ने बताएको कारोबारमा खबर छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved