पाल्पाली ढाकाको व्यापार बढ्यो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 19, 2017 | 05:08:49 AM मा प्रकाशित

laxmi  sunrise bank

तिहार नजिकिँदै गर्दा स्वदेशी तथा विदेशी पर्यटकका लागि आर्कषक कोसेलीको रूपमा रहेको पाल्पाली ढाकाका सामानको व्यापार दोब्बरले बढेको छ । 

तिहारमा दिदी, बहिनी तथा दाजुभाइले आफ्ना आफन्तलाई पाल्पाली ढाकाका टोपी, स्टकोट, पछ्यौरा, चौबन्दी चोली, रुमाललगायतका सामान उपहारका लागि खरिद गरेका कारण बिक्री दोब्बरले वृद्धि भएको व्यवसायीहरु बताउँछन् । “तिहारमा दिदीबहिनीले दाजुभाइलाई टाकाको टोपी तथा दाजुभाइले चौबन्दी चोली र पछ्यौरी उपहार दिने भएकाले बिक्री बढेको हो,” पाल्पाली ढाकाका संस्थापक स्वदेशी वस्त्रकला ढाका उद्योगका सञ्चालक पूर्णमाया महर्जनले भनिन्, “तिहारले गर्दा यहाँका व्यापारीलाई भ्याइनभ्याई भएको छ ।”

अन्य समयमा पाल्पामा दैनिक ३ देखि ५ लाख रुपैयाँसम्मको ढाका कपडा बिक्री गरेको छ । तर, तिहारको समयमा भने दैनिक १० देखि १५ लाख रुपैयाँसम्मको व्यापार हुने गरेको व्यवसायीहरु बताउँछन् । परम्परागत रुपमा टोपी र चोलीबाट सुरु भएको ढाका व्यवसायले समयको परिवर्तन र ग्राहकको चाहनालाई ध्यानमा राख्दै आफ्नो रुपमा पनि परिवर्तन गरेको छ । ढाकाको विविधीकरण र आन्तरिक पर्यटक आगमन तथा तिहारका नै ढाकाको व्यापार वृद्धि हुनुको प्रमुख कारण हो भन्छन् सरस्वती ढाका उद्योगका सञ्चालक हरि रायमाझी ।

“चोली र टोपीमा सीमित ढाका ग्राहकको मागसँगै साडी, ब्लाउज, ब्याग, पर्स, स्टकोट, कुर्ता–सुरुवाल, क्याप र सेन्डिलजस्ता नयाँ पहिरनमा परिवर्तन हुनु र सबै पक्षका उपभोक्तालाई समेट्न सक्नु नै ढाका व्यवसायको सफलता हो,” ढाका व्यवसायी कपिल कार्कीले भने, “तिहारको समयमा  विदेशी पहिरन लगाउने युवायुवतीलाई पनि ढाकाको पहिरनले आकर्षित गरेको छ ।”

२०१५ सालमा स्वर्गीय गणेशमान महर्जनले शुरु गरेको ढाका उद्योग पाल्पाको चिनारी हो । कतिपय उद्योग बन्द भइसकेका छन् । हालसम्म घरेलुमा १९ वटा उद्योग दर्ता भएको उद्योग वाणिज्य संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले जानकारी दिए । “पाल्पामा ठूला उद्योग कलकारखाना नभएपनि घरेलु तथा लघु उद्योगका रूपमा रहेको ढाका उद्योगको संरक्षणसँगै पाल्पाको पर्यटन उद्योगको विकासमा टेवा पुग्नेछ,” महर्जनले भने, “यसका लागि संघले पहल गर्नेछ ।” कारोबारमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved