कपास उद्योगमा आगलागी, १४ लाखको क्षति

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 19, 2017 | 05:25:54 AM मा प्रकाशित

laxmi  sunrise bank


धादिङको नीलकण्ठ नगरपालिका वडा नं ३ स्थित एक कपास उद्योगमा आगलागी हुँदा १४ लाख बराबरको क्षति भएको छ। नेत्रावती गाउँपालिका वडा नं ४ कटुन्जेका युद्ध वहादुर बरबतीले संचालन गरेको धादिङ कपास प्रशोधन केन्द्रमा मंगलबार दिउसो १ बजेतिर आगलागी हूदा उद्योग पुरै जलेर नष्ट भएको छ।

 

घरमा खेर गएका पुराना कपडाहरु पेलेर नयाँ शिरक डसना बनाउने उद्योग जिल्लामै नमुना उद्योगको रुपमा संचालित थियो। आगलागि भएको खबर पाउने वित्तिकै स्थानिय, प्रहरी र नगरपालिकाको दमकलले आगो निभाउने प्रयास गरेपनि तत्काल आगो नियन्त्रणमा लिन नसक्दा उद्योगमा पुरै क्षति भएको हो।

आगलागिको हुनुको कुनै ठोस कारण फेला नपरेपनि प्रहरीले भने उद्योगमा रहेको विद्यूत सर्ट भएर आगो लागेको हुनसक्ने बताएको छ । आगोलागिको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ।

यसअघि पनि केही महिना अघि धादिङकै वाइवा कपास उद्योगमा आगलागि हुँदा उक्त उद्योग पनि जलेर नष्ट भएको थियो। उक्त कपास उद्योग हाल बन्द भएको अन्नपूर्णमा खबर छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved