विद्युतको उच्चतम माग १५०८ मेगावाट

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 23, 2017 | 05:49:21 AM मा प्रकाशित

laxmi  sunrise bank

वर्षकै सबैभन्दा बढी विद्युत् माग हुने लक्ष्मीपूजाको दिन विद्युत्को माग १ हजार ५ सय ८ मेगावाट पुगेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार गतवर्ष लक्ष्मीपूजाकै दिन विद्युत् माग १ हजार ४ सय ४४ मेगावाट पुगेको थियो । उपभोक्ताले लोडसेडिङको चरम समस्या भोगिरहेको बेला गत वर्षको लक्ष्मीपूजादेखि काठमाडांै उपत्यकालाई र चैतदेखि मुलुकभरलाई लोडसेडिङमुक्त बनाइएको घोषणा गरिएको छ । प्राधिकरण र यसका कार्यकारी निर्देशक कुलमान घिसिङको यसमा उच्च प्रशंशा भए पनि उपत्यकाबाहिर भने बारम्बार विद्युत् कटौती हुने समस्याका कारण उनी आलोचित छन् । 

सामान्यतया लक्ष्मीपूजाको दिन सबैभन्दा बढी माग हुने र सो दिन व्यवस्थापन गर्न नसके फेरि लोडसेडिङ सुरु हुने कारण लक्ष्मीपूजालाई बेञ्चमार्ककका रूपमा लिइन्छ । यस वर्ष पनि घिसिङ  आफैंले नेतृत्व गरेर भारप्रेषण केन्द्रमा पुगी  लक्ष्मीपूजालाई लोडसेडिङमुक्त बनाउन सफल भएको छन् । “यस वर्ष लक्ष्मीपूजाको दिन विद्युत्को माग १५०८ मेगावाट पुगेको छ, सम्भवतः यो वर्षकै उच्च हुन सक्छ,” भारप्रेषण केन्द्रका प्रमुख विष्णु श्रेष्ठले भने, “गत वर्षको लक्ष्मीपूजाको दिनमा माग नै उच्च थियो, यस वर्ष विद्युत्को माग केही घटेकोले पुसमा योभन्दा बढी माग हुन पनि सक्छ ।” उनका अनुसार, लक्ष्मीपूजाको दिनदेखि नै प्राधिकरण लोड व्यवस्थापनमा सफल भएको छ । सो दिन प्राधिकरणमार्फत उत्पादन भएको ४ सय ४० मेगावाट, निजी क्षेत्रको ३ सय ५६ र भारतबाट आयात ३ सय ५५ मेगावाटको विद्युत् आयात भई आपूर्ति व्यवस्थापन गरिएको थियो । कारोबार दैनिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved