नेपाली कन्टेनर बोकेका जहाज १० दिनदेखि समुद्रमै रोकियो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 24, 2017 | 05:03:30 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतको कोलकातास्थित बन्दरगाहमा विदेशबाट नेपालको सामान बोकेर आएको कन्टेनरका जहाज पानीमै थन्किन थालेका छन् ।

बन्दरगाहमा बढेको कन्टेनरको भिडभाडले गर्दा कन्टेनरका जहाज अनलोडिङको लागि ठाउँ नपाएर १० दिन भन्दा बढी पानीमै थन्किएका हुन् ।

हरेक बर्ष बढ्दो कन्टेनर संख्या व्यवस्थापन गर्न पुरानो पुर्वाधार र प्रणालीले नधानेपछि नेपाली आयात मारमा परेको हो ।

सोमबारसम्म कोलकाता बन्दरगाहबाट नेपालको लागि चलान भइसकेको १४ सय २३ कन्टेनर त्यहाँबाट हिड्न पाएका छैनन् ।

थप पाँच सय भन्दा बढी कन्टेनर चलान हुन बाँकी छ । यता जहाजमा आएका कन्टेनर ओराल्ने ठाउँ नपाएर डक ९किनार० मा ल्याउन सकिएको छैन ।

नागरिक दैनिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved