किन बिमा रकम नलिइ फर्कन्छन कोरियाबाट नेपालीहरु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 24, 2017 | 05:07:21 AM मा प्रकाशित

laxmi  sunrise bank

ईपीएस मार्फत  कोरिया जाने नेपाली कामदारले अज्ञानताका कारण बिमाबापतको रकम नलिइ फर्कने गरेको पाइएको छ । कामदारले रोजगारीका क्रममा विभिन्न प्रकारका बिमा गर्ने गरे पनि रोजगार अवधि सकिएपछि नलिइ फर्केको बिमा रकमबापतको करिब १६ करोड वन कोरिया सरकारले नेपाललाई फिर्ता पठाएको छ ।

रोजगारीका लागि कोरिया गएका कामदारले आपूmले पाउनुपर्ने बिमा रकम दाबी नगरी स्वदेश फर्केपछि एचआरडी कोरिया कार्यालयले यस्तो रकम फिर्ता पठाएको हो । कोरिया सरकारले नेपाली कामदारलाई बिमा रकम माग दाबी गर्न सार्वजनिक आह्वानसमेत गरेको छ । एचआरडी कोरियाले नेपाल कार्यालयमा पठाएको बिमा रकमसेत फिर्ता लिन नेपाली कामदार आएका छैनन् । उनीहरूलाई लगातार ताकेता गर्दासमेत ३ सयभन्दा बढी नेपालीले अझै पनि आपूmले पाउनु्पर्ने बिमा रकम दाबी नगरेको कार्यालयले जनाएको छ ।

कोरियामा रोजगार अवधि पूरा गरेर विभिन्न कारणले बिमा रकम फिर्ता लिन बाँकी रहेका ३ सय नेपालीले पाउनुपर्ने १६ करोड वन अर्थात १ करोड ५० लाख रूपैयाँ कोरियाले नेपाललाई फिर्ता पठाएको छ । भाषागत तथा बिमा अधिकारसम्बन्धी ज्ञान नहुँदा ३ सयभन्दा बढी नेपाली कामदार बिमा रकम दाबी नगरी नेपाल फर्केको एचआरडी कोरिया ईपीएस शाखा नेपालका निर्देशक किहोक किमले जानकारी दिएका छन् ।  

पछिल्लो तथ्यांकअनुसार रोजगार अनुमति प्रणाली ९ईपीएस०अन्तर्गत दक्षिण कोरिया गएर आफ्नो बसाइअवधि सकेका नेपाली कामदारमध्ये लगभग ३ सय जनाले भुक्तानी नलिएको १६ करोड ८९ लाख ८१ हजार ४४३ कोरियन वन मानव संशाधन विकास केन्द्र ९एचआरडी कोरिया०सँग राखिएको छ ।  इ ९ भिसामा दक्षिण कोरिया छिरेका विदेशी कामदारहरूले कानुनी रूपमा अनिवार्य बहन गर्नुपर्ने बिमाबापत पाउने रकम नै नलिइ नेपाली स्वदेश फर्कने गरेका कारोबारमा खबर

 छ । 

कोरियामा नेपालीले कार्यअवधि समाप्ती बिमा, ग्यारेन्टी बिमा, दुर्घटना बिमा र स्वदेश फिर्ती खर्च बिमा अनिवार्य गर्नुपर्ने बिमा नीतिमा पर्दछन् । नेपाली कामदार कोरिया गएपछि रोजगारदाताको सहकार्यमा कार्यअवधि समाप्ती बिमा र ग्यारेन्टी बिमा दर्ता गर्नुपर्छ भने कामदार आपैmंले दुर्घटना बिमा र स्वदेश फिर्ती खर्च बिमा दर्ता गर्नुपर्नु प्रावधान रहेको छ । यी ४ बिमामध्ये कार्यअवधि समाप्ती बिमा र स्वदेश फिर्ती खर्च बिमा कामदारको स्वदेश फिर्ता हुने प्रमाणित कागजपत्र बुझाएपश्चात लिन पाउने बिमाहरू हुन् ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved