१ सय ५० जना म्यादी प्रहरीका युवा सम्पर्क विहिन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 24, 2017 | 06:03:01 AM मा प्रकाशित

laxmi  sunrise bank

आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन परिचालनका लागि अछाममा म्यादी प्रहरी बन्न इच्छुक भएका युवामध्ये १५० जना सम्पर्कमै नआएको पाइएको छ । म्यादीका लागि फाराम भरेका यति धेरै संख्यामा युवा अनुपस्थित भएका हुन् । 

अछाममा जम्मा दुई हजार ३१६ युवाले म्यादी प्रहरीका लागि आवेदन दिएकामा छनोटको पहिलो चरणअन्तर्गत आइतबार र सोमबार स्वास्थ्य परीक्षण र अन्य शारीरिक जाँच तथा दौड कार्य सम्पन्न भएको छ । स्वास्थ्य परीक्षण र शारीरिक जाँचको नतिजा निकालेर आज लिखित परीक्षा हुने अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए  । 

अछामका लागि जम्मा एक हजार २३४ जना म्यादी प्रहरी छनोट गर्न पाउने कोटा रहेको प्रनाउ न्यौपानेले बताउनुभयो । थप २० प्रतिशतलाई वैकल्पिकमा राखिने बताइएको छ । छनोट भइसकेपछि पनि केहीले बीचमै छोड्न सक्ने अवस्थालाई मध्यनजर गर्दै वैकल्पिक पनि राखिएको हो । 

निर्वाचन परिचालनका लागि भर्ना हुने म्यादी प्रहरीले ५५ दिन काम गर्नुपर्ने र उनीहरूले सो अवधिको पारिश्रमिक नेपाल प्रहरीका जवानले पाउनेसरह अर्थात् रु ५१ हजार हुने प्रहरीले जनाइएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved