नेताकै छोरीको विवाह रोकियो, मध्यरातमै जन्ती फर्के कारण यस्तो छ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 25, 2017 | 05:34:40 AM मा प्रकाशित

laxmi  sunrise bank

बेहुलीको घरमा निकै चहल पहल तथा भिडभाड थियो। सबै आफन्त विवाह घरमा जम्मा भएका थिए। विवाहका लागि चाहिने सबै सामान तयार पारिएको थियो। जन्ती पनि आइसकेका थिए। जब ‘निकाहु सुरु हुन लाग्यो अनि त्यहाँ पुग्यो प्रहरीको टोली। बेहुलीको उमेर नपुगेका कारण विवाह रोक्न लगायो। हिन्दु परम्परा अनुसार विवाह गर्दा गरिने ‘स्वयंबरुलाई मुस्लिम समुदायमा ‘निकाहु भनिन्छ।।

 द्दण्ण्हद्दण्ण्  

 सोमबार राति सिरहाको लहान नगरपालिका ६ मा यस्तै भएको हो। स्थानीय सबिला खातुन विवाह गर्न सजिएकी थिइन्। सबिलालाई लिनका लागि भारत मधुवनी जिल्ला पदमा ग्रामबाट मो। आशिफ एकवाल जन्ती लिएर आइ पुगेका थिए। तर बेहुलीको उमेर नपुगेर विवाह गर्न लागेको थाहा पाएपछि विवाह रोक्न लगाएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी नरेशराज सुवेदीले बताए।

डिएसपी सुवेदी भन्छन्( ‘बाल विवाह हुन लागेको मलाई सूचना अयो, त्यसपछि विवाहस्थल पुगेर बेहुला र बेहुली पक्षलाई विवाह नगर्न आग्रह गरे, उनीहरुबीच विवाह नगर्ने कुरामा सहमत भयो, त्यसपछि बेहुला जन्ती लिएर राति नै फर्कियो।ु बेहुलाले दर्जनौं गाडीमा करिब ३ सय जति जन्ती लिएका आएका थिए( उनले भने। डिएसपी सुवेदीका अनुसार बेहुली बन्न लागेकी सबिला मदरसामा पढ्छिन्। उनको उमेर १४ बर्ष हो। बेहुला एकवालको उमेर अन्दाजी २९÷३० बर्षको थियो। उनले भने( ‘केटा र केटीको उमेरमा पनि धेरै अन्तर छ, तरपनि कसरी विवाह गर्न सहमत भएका थिए दुबै पक्ष।ु दुबै पक्षको कुरा सुन्दा चेतनाको अभाव देखिएको उनको भनाइ छ।

विवाह नभएपनि बेहुला पक्षको खर्च भने करिब १० लाखभन्दा माथि भएको स्थानीय बताउँछन्। जन्तीको खाना, विवाहका सामान, घरमा सजाबट र दहेज लगायतमा करिब १० लाखभन्दा बढी खर्च भएको स्थानीयको अनुमान छ। तर सबिलाका बुवा मो। ताहिरले करिब २ लाख मात्र खर्च भएको बताएका छन्। उनका अनुसार जन्तीलाई खुवाउन र सजाबट मात्र भएको भयो। विवाहका सामानहरु बर्बाद भएको छ। अन्नपूर्णपोष्टमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved