अन्तिम चरणमा पेट्रोलियम पाइपलाइन विस्तार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 26, 2017 | 05:46:04 AM मा प्रकाशित

laxmi  sunrise bank


लामो समयदेखि चर्चामा रहेको मोतीहारी अमलेखगन्ज पेट्रोलियम पाइपलाइन विस्तार कार्य अगाडि बढाइने भएको छ ।

इन्डियन आयल कर्पोरेसनले यसका लागि आवश्यक पर्ने सबै काम अन्तिम चरणमा पुरयाएसँगै विस्तार कार्य अगाडि बढ्न लागेको हो ।

आइओसीले कन्स्ट्रक्सन, पाइप उत्पादन, पम्प हाउस (विद्युतीय सामान) र इन्स्टुमेसन गरी चार खण्ड गरेर काम गरिसकेकाले विस्तारको काम अगाडि बढ्न लागेको नेपाल आयल निगमले जानकारी दिएको छ ।

निगमका अनुसार,

(पाइपलाईन बिस्तारको काम अगाडि बढ्न लागेको छ ।

(आइओसीले आफ्नो तर्फबाट सबै तयारीको काम गरिरहेको छ ।

(आगामी नोभेम्बर भित्र पाइप भित्रिसक्ने छ ।

(अनि विस्तारको काम अगाडि बढ्ने छ ।

अमलेखगन्जदेखि पथलैयासम्म सडकको बाटोमा १२ हजार रुख काट्नुपर्ने अध्ययनले देखाएको छ ।

बाटोमा पर्ने ८ सय ९ बटा सबजुलीको पोल हटाउनुपर्ने छ । ९२ सय वटा हटाइसकिएको छ ।०

पहिलो चरणमा मोतीहारीबाट रक्सोलसम्म ३५ र रक्सोलबाट अमलेखगन्जसम्म ३७ गरी ७२ किलोमिटर पाइपलाईन बिच्छ्याइने छ ।

दोस्रो चरणमा चितवनसम्म विस्तार गर्न आइओसी तयार भएको निगमले जनाएको छ । कारोबारमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved