टानमा वामपन्थी र लोकतान्त्रिक समूहबीच प्रतिस्पर्धा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 27, 2017 | 05:01:34 AM मा प्रकाशित

laxmi  sunrise bank


ट्रेकिङ व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को आगामी नेतृत्वका लागि दुई समूहबीच प्रतिस्पर्धा हुने भएको छ।  यही १२ गते हुने टानको निर्वाचनका लागि अध्यक्षको प्रत्यासीका रुपमा टानका पूर्वमहासचिवद्वय मोहन लम्साल र नवराज दाहालको समूहले आज उम्मेदवारी दर्ता गराएको हो।

लम्साल समूहको वरिष्ठ उपाध्यक्षमा खुमबहादुर सुवेदी, प्रथम उपाध्यक्षमा बाबुकाजी सिटौला, द्वितीय उपाध्यक्षमा निलहरि बास्तोला, महासचिवमा चेवन देवकोटा, सचिवमा चोलेन्द्रबहादुर कार्की, कोषाध्यक्षमा सुवास केसी र सहकोषाध्यक्षमा किरण धरेलले मनोनयन दर्ता गराएका छन्।

सोही समूहको कार्यसमिति सदस्यमा शेरबहादुर परियार, तपनराज भण्डारी, लाम्गेल जांग्बु शेर्पा, जंगबहादुर लामा, आङबाबु शेर्पा, रितु ग्याङ्देम, सूर्यबहादुर थापा, कूलप्रसाद सुवेदी र सरोज कट्टेलको उम्मेदवारी परेको छ।

यता दाहाल समूहको वरिष्ठ उपाध्यक्षमा पूर्णचन्द्र भुसाल, प्रथम उपाध्यक्षमा जीवन थापामगर, द्वितीय उपाध्यक्षमा ऋषिप्रसाद नेपाल, महासचिवमा आङपेम्बा शेर्पा, सचिवमा सुजन लामिछाने, कोषाध्यक्षमा रामकृष्ण तिमल्सिना र सहकोषाध्यक्षमा तारा लामाको उम्मेदवारी परेको छ । दाहाल समूहको कार्यसमिति सदस्यमा राजनप्रसाद काप्री, जीवन लामा, रवीन्द्र अधिकारी, सुकबहादुर लामा, हर्कबहादुर गुरुङ, बाबुराम गुरुङ, हरिशरण खरेल, गोपाल श्रेष्ठ र रामबहादुर खड्का रहेका छन् ।

लम्साललाई नेपाली काँग्रेस निकट राष्ट्रिय पर्यटन व्यवसायी संघ (निट), नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघ, नयाँ शक्ति निकट पर्यटन व्यवसायी र स्वतन्त्र पर्यटन व्यवसायीको समर्थन रहेको छ भने दाहाललाई माओवादी केन्द्र र नेकपा (एमाले) निकट पर्यटन व्यवसायी तथा शेर्पा समूहको समर्थन रहेको छ।

टान नेतृत्वका लागि सर्वसम्मत गराउने अन्तिमसम्मको प्रयास पनि विफल भएकाले अब दुई समूहबीच चुनावी प्रतिस्पर्धाबाट नेतृत्व चयन हुने टानका अध्यक्ष चन्द्र रिजालले बताए। जम्मा एक हजार १८६ मतदाता रहेको टानको निर्वाचनले अध्यक्षसहित २५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ। नागरिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved