२ करोडभन्दा बढीको केरा विक्री

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 27, 2017 | 05:04:51 AM मा प्रकाशित

laxmi  sunrise bank

यस वर्षको छठका लागि जनकपुरमा केरा बिक्री बढेको छ । छठको प्रसादमा केरा अनिवार्य हुने चलनले यसको बिक्री बढेको हो । 

यस वर्ष छठ पर्वका लागि जनकपुर जिरोमाइलस्थित फलफूल व्यवसायी संघको २२ स्टलबाट २ करोडभन्दा बढीको केरा बिकेको छ । संघको स्टलबाट भारतबाट ल्याइएका ४४ ट्रक केरा बिक्री भएको हो । जनकपुर फलफूल व्यवसायीले स्थानीय बजारमा केराको बढ्दो मागअनुसार भारतबाट ल्याएर व्यवस्थाप गर्दै आएको महासचिव भुपनेश्वर पुर्वेले बताए ।

नेपाली किसानको केरा सस्तो भए पनि बजारसम्म थोक ल्याउन समस्या भएका कारण भारतको असाम, मद्रास, नौगछिया र हाजिपुरबाट केरा ल्याएर बिक्री गर्ने गरिएको पुर्वेले बताए । संघको स्टलमा छठका लागि एक सातादेखि केरा बिक्री भइरहेको छ । ‘यहाँ १ सयदेखि ६ सयसम्म केराको घरी उपलब्ध छ । 

बर्सेनि केरा बेच्ने भएकाले खुद्रा र थोक केरा खरिद गर्ने संघकै स्टमा आउँछन्,’ उनले भने । छठ पर्वको प्रसादमा अनिर्वाय प्रयोग हुने फलफूलमध्ये केराको माग पछिल्लो समय बढदो छ ।

जनकपुरमा १५ वर्षदेखि फलफूल व्यवसाय गर्ने धनेश्वर साहका अनुसार बर्सेनि छठ पर्वमा केराको माग बढदो छ । ‘माग बढदो छ तर स्थानीय बजारमा केरा उपलब्ध नहुँदा भारतका बर्सेनि आयात बढेको छ,’ साहले भने, ‘नेपालमै केरा खेती बढाउनुपर्ने देखिन्छ ।’ जनकपुरबाट छठका लागि सिरहा, महोत्तरी र सर्लाहीसम्मका ग्राहकले किन्ने गरेका छन् । कान्तिपुरमा खबर छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved