उखु उब्जाउने किसान, मूल्य तोक्ने मिल मालिक

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 27, 2017 | 05:25:56 AM मा प्रकाशित

laxmi  sunrise bank

गौशाला नगरपालिका—१२ लक्ष्मिनियाँका दिनेश महतोले खेतमा लगाएको उखु तयार भइसकेको छ । उनले दुई बिघा क्षेत्रफल जमिनमा उखुखेती लगाएका छन् । खेतीमा झन्डै तीन लाख लगानी छ । कृषक महतोले रगत, परि श्रम, पसिना र आँसु बगाएर उखु उब्जाएका छन् । उखु पनि राम्रै फस्टाएको छ । यसपालि उखु राम्रो सप्रेकाले उखुबाट राम्रै आम्दानी हात पर्नेमा उनी ढुक्क छन् । तर उनलाई यति उखुले बजार भाउ लिने हो कि होइन भन्ने विषयले चिन्तित तुल्याएको छ ।

‘खेतमा उखु तयार छ । प्रतिक्विन्टल उखु कतिमा बिक्री हुने हो, त्यसबारे अहिलेसम्म तोकिएको छैनु, उनले भने । उनीजस्ता थुप्रै किसानको उखु तयारी अवस्थामा छ । खासमा मंसिरको पहिलो सातादेखि चिनी मिल चल्नुपर्ने हो । तर, मिल कहिलेदेखि चल्छ भन्ने कुरा उखुको तोकिने मूल्यमा भर पर्ने उखु किसान महतो बताउँछन् ।

‘प्रत्येक वर्ष उखुको भाउ तोक्न मिल मालिकले रामाकठौला गर्छ । ढिलो गरी मिल चलाउँदा उखुको रस सुकेर चिनी मिल मालिकलाई फाइदा हुन्छ । अर्कोतिर उखु सुक्दा तौल घटी किसान समस्यामा पर्छन् ।

उखु किसान दिनेशजस्तै बर्दिबास नगरपालिका—८ हात्तिलेटका किसान बालकुमार न्यौपानै पनि तनावमा छन् । उखुको मूल्यले किसानको जीवनमरणको फैसला गर्छ । प्रत्येक वर्ष उद्योगपतिले मोलमोलाइ गरी तोक्ने उखु मूल्यले किसान मारमा परेको उनी बताउँछन् । ‘उखुखेती गर्न पनि ग्राहो छ । बिक्री गर्न त झनै कठिन छु, उनीले भने, ‘समयमा मूल्य तोकिँदैन । तोकिए पनि ढिला गरी उखुको रेट निर्धारण हुन्छ । त्यतिखेरसम्म आधा उखु सुकेर वजन घटेर गइसक्छ।ु

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved