तीन महिनामा डेढ लाख बिदेसिए

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 27, 2017 | 05:41:46 AM मा प्रकाशित

laxmi  sunrise bank


चालू आर्थिक वर्ष २०७४र७५ को तीन महिनामा एक लाख ४४ हजार नौ सय १८ युवा वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पुगेका छन्। सरकारले वैधानिक रूपमा एक सय १० भन्दा बढी मुलुकमा श्रम स्वीकृति दिएर कामदार पठाउँदै आएको छ।चालू आवको तीन महिनामा मात्रै म्यानपावरमार्फत कामका लागि ८३ हजार सात सय ७६ युवा बिदेसिएको वैदेशिक रोजगार विभागले जानकारी दिएको छ।

 सोही अवधिमा बिदामा आई पुनः विदेश जानेको संख्या भने ६१ हजार एक सय ४२ छ। चालू आवको तीन महिनामा विदेश पलायन भएका युवाको संख्या गत आव २०७३र७४ भन्दा दुई हजार दुई सय ९१ ले बढी हो। गत आव २०७३र७४ को पहिलो तीन महिनामा एक लाख ४२ हजार ६ सय २७ युवा वैदेशिक रोजगारीका लागि विदेश पलाएन भएका थिए।

विदेश जाने युवाको संख्या समग्रमा बढे पनि नयाँ कामका लागि संस्थागत ९म्यानपावर०मार्फत विदेश जानेको संख्यामा भने गिरावट आएको छ। गत आवको तीन महिनामा म्यानपावरमार्फत ८८ हजार पाँच सय ५३ युवा अन्तिम श्रम स्वीकृति लिएर रोजगारीका लागि विदेश पलायन भएका थिए। तर यो संख्या घटेर आव २०७४र७५ मा ८३ हजार सात सय ७६ मात्रै छ। तर यो संख्यामा सरकार आफैले रोजगारीका लागि कोरिया पठाएको कामदार संख्या उल्लेख गरिएको छैन।

नयाँ कामका लागि जाने घटे

चालू आवको साउनमा २८ हजार एक सय २१ युवा म्यानपावरमार्फत विदेश पलायन भएका छन्। गत आवको साउन महिनामा यो संख्या ३२ हजार ७ सय ५२ थियो। यसैगरी चालू आवको भदौमा ३१ हजार ८६ र असोज महिनामा २४ हजार पाँच सय ६९ युवा नयाँ कामका लागि म्यानपावरमार्फत विदेश पलायन भएको विभागले जानकारी दिएको छ। चालू आवको असोज महिनामा भने नयाँ काममा लागि विश्वका विभिन्न गन्तव्यमा काम गर्न जानेको संख्या गत आवको असोजभन्दा झन्डै एक हजार पाँच सयभन्दा बढी छ।

पुनः जानेको संख्या बढ्यो

चालू आवको तीन महिना पहिलोपटक जानेको संख्यामा गिरावट आए पनि बिदामा आई पुनः विदेश जानेको संख्या बढेको छ। चालू आवको असोज मसान्तसम्म ६१ हजार एक सय ४२ युवा बिदा मनाई विदेश फर्किएको वैदेशिक रोजगार विभागले जानकारी दिएको छ। तर गत आवको तीन महिनामा बिदामा आई पुनः विदेश जानेको संख्या ५४ हजार ७४ थियो। अन्न्पूणैपोष्टमा खबर छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved