२ करोडको तरकारी निकासी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 29, 2017 | 05:32:53 AM मा प्रकाशित

laxmi  sunrise bank


तरकारी उत्पादनमा जिल्लाकै अब्वल मानिने मदनपोखराबाट वार्षिक २ करोड रुपैयाँभन्दा बढीको तरकारी निर्यात हुने गरेको छ । १५÷२० हजार रुपियाँका लागि दिनहुँ हजारौँ युवा विदेश गएका बेला तानसेन–९, मदनपोखराका किसानले भने तरकारी खेतीबाट वार्षिक लाखौं रुपियाँ आम्दानी गर्न थालेका हुन् । स्वदेशमै बसेर यहाँका किसानले मौसमी र बेमौसमी तरकारी खेती गरेर वार्षिक १० लाख रुपियाँसम्म आम्दानी गरेको बताएका छन् ।


मदनपोखराका २ सयभन्दा बढी किसानले मासिक १ लाख रुपैयाँसम्म तरकारी खेतीबाट आम्दानी गर्ने स्थानीय कृषक रमेश भण्डारीले बताए । उनले वर्षमा ९ लाख ५० हजार रुपैयाँसम्म खर्च कटाएर बचत गरेको बताए । यहाँका किसानले उत्पादन गरेको तरकारी बिक्रीका लागि मदनपोखरा बहुउद्देश्यीय कृषि बजार सहकारी संस्था लिमिटेडले बजार व्यवस्थापनमा मध्यस्थकर्ताको भूमिका खेलेको छ । यसले गर्दा यहाँका किसान तरकारी खेतीमा लाग्न उत्साहित बनाएको  स्थानीय किसानको भनाइ छ ।


२०५८ सालमा स्थापना भएको सहकारीमा तानसेन नगरपालिका वडा नं। ६, ७ र ९ का २ सय ७ सदस्य छन् । उनीहरूले कम्तीमा वार्षिक डेढ लाखदेखि १० लाखसम्म आम्दानी गर्न सफल भएको सहकारीको अध्यक्ष पदमराज पौडेलले बताए । उनका अनुसार यहाँका हरेक किसानले तीन रोपनीदेखि २० रोपनीसम्म जग्गामा तरकारी खेती गरेका छन् ।कारोबारमा खबर छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved