विश्वकै धनी बिल गेट्सलाई जेफ बेजोसले उछिने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 30, 2017 | 04:54:14 AM मा प्रकाशित

laxmi  sunrise bank

विश्वकै धनीमा जेफ बेजोसले बिल गेट्सलाई उछिनेका छन् । शुक्रबार अमेजनको सेयरमा १३।५ प्रतिशतको वृद्धि भएको छ । तीन महिनाको अवधिमा कम्पनीको नाफामा २५ अर्ब डलरको वृद्धि भएपछि सेयर मूल्य बढेसँगै विश्वकै धनीमा बेजोसले गेट्सलाई उछिनेका हुन् ।

अगस्टसम्मको अवधिमा बेजोसले अमेजनमा झन्डै ८ करोड सेयर लिएको फ्याक्ट सेटको पछिल्लो तथ्यांकले देखाएको छ । उनले सेयर मूल्यमा भएको वृद्धिका कारण एकै दिनमा १० अर्ब डलर कमाएका छन् । हाल उनको सम्पत्ति ९० अर्ब डलर माथि पुगेको छ ।

बिहीबारसम्म ब्लूमबर्गको बिलिनियर सूचीमा बिल गेट्स विश्वकै धनी थिए । उक्त दिनसम्म उनको सम्पत्ति ८८ अर्ब डलर थियो । बेजोसको सम्पत्ति ८३।५ अर्ब डलर थियो । तर शुक्रबार आएर भने अमेजनको सेयर मूल्यमा भएको वृद्धिका कारण दुईबीचको सम्पत्तिको अन्तर पूरा मात्रै भएन, बेजोसले गेट्सलाई उछिन्न पनि सफल भए ।

माइक्रोसफ्टको सेयरमा भएको वृद्धिका कारण गेट्सको सम्पत्तिमा पनि वृद्धि भएको छ । माइक्रोसफ्टको सेयरमा ७ प्रतिशतको वृद्धि भएको छ । सेप्टेम्बरसम्मको अवधिमा गेट्सले माइक्रोसफ्टमा १० करोड ३० लाख सेयर लिएको फ्याक्टसेटले जनाएको छ । माइक्रोसफ्टको सेयरमा प्रतिसेयर ६ डलरको वृद्धि भएको थियो । यसले गेट्सको व्यक्तिगत सम्पत्तिमा पनि ६० करोड डलरको वृद्धि भएको छ ।

विश्वकै धनीमा योभन्दा पहिले जुलाई २७ मा पनि बेजोसले गेट्सलाई उछिनेका थिए । उक्त समयमा उनको सम्पत्ति ९० अर्ब डलर माथि पुगेको थियो । यो वर्ष भने अमेजन समस्यामा परेको छ । कम्पनीले होल फुड्सलाई लिएको थियो र उत्तर अमेरिकाको कुनै भागमा दोस्रो मुख्यालय स्थापना गर्ने योजना बनाएको थियो । अमेजनको दोस्रो मुख्यालय राख्नका लागि २ सय भन्दा बढी सहर र क्षेत्रले आफ्नो प्रस्ताव पेस गरेका थिए । कारोबारमा खबर छ ।

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved