विशेष सूचनापछि यी क्षेत्रमा निर्वाचनका बेला नेपाली सेना रहनेछ ‘सतर्क’

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 04, 2017 | 07:43:59 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतसँग सीमा जोडिएका केही संवेदनशील जिल्लामा निर्वाचनका बेला नेपाली सेनाले सतर्कता अपनाउने भएको छ । नेपाल–भारत खुला सिमानाको केही कमजोरीको फाइदा उठाउँदै आपराधिक मनोवृत्तिका व्यक्तिहरू नेपाल पस्नसक्ने भन्दै यसमा अन्य सुरक्षा निकायसँग समन्वय गरी निर्वाचन सफल तुल्याउन सेनाले आन्तरिक रणनीति तयार पारेको हो ।

सेनाले प्रदेश नम्ब २ अन्तर्गतका पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीलाई बढी ध्यान दिइरहेको छ। त्यस्तै प्रदेश नम्बर ७ अन्तर्गतका कैलाली र कञ्चनपुर, प्रदेश नम्बर ५ का बर्दिया, बाँके, कपिलवस्तु, रूपन्देही र नवलपरासी क्षेत्रमा पनि सुरक्षाको बढी चुनौती रहने भन्दै सेना सचेत छ।

निर्वाचनका बेला मुलुकभर नै सुरक्षामा ध्यान दिनुपर्ने भए पनि ती क्षेत्रमा भूमिगत गिरोह बढी सक्रिय हुने, खुला सीमाको फाइदा उठाउँदै हुलदंगा गर्ने मानिस भित्रिनसक्ने भन्दै सेना बढी सचेत भएको हो। केही भूमिगत र खुला समूहले निर्वाचनविरोधी गतिविधि गर्नसक्ने विश्लेषण सबै पृतनापतिहरूको रहेकोमा त्यसमा सचेत हुन रक्षामन्त्री भीमसेनदास प्रधान, र प्रधानसेनापति राजेन्द्र क्षेत्रीले निर्देशन दिएका छन्।

‘जंगीअड्डाको निर्देशनबमोजिम पृतनापतिले योजनाबद्ध रूपमा फौज परिचालनका साथै सम्बन्धित निकायसँग समन्वय र सहकार्यका साथ निर्वाचन सफल बनाउन सेनाले भूमिका खेल्नुपर्छ’, प्रधानसेनापतिले भने। निर्वाचनका बेला आइपर्ने सबै सुरक्षा चुनौती सामना गर्न सेना सक्षम रहेको उनको भनाइ छ। कान्तिपुर दैनिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved