टिकट नपाए पछि रातारात पार्टी परिवर्तन !

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 04, 2017 | 07:57:13 AM मा प्रकाशित

laxmi  sunrise bank

मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि टिकट नदिएपछि संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) का महासचिव र जिल्ला अध्यक्ष सहित आधा दर्जन भन्दा बढी नेताले पार्टी परित्याग गर्दै अन्य दल र स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका छन्। 

राजपाका महासचिव शिव पटेलले पार्टी परित्याग गरी प्रदेशसभा सदस्यका लागि स्वतन्त्र रूपमा पर्साको क्षेत्र २ (ख) मा उम्मेदवारी दिएका छन्। यस्तै राजपाकै अर्का महामन्त्री महम्मद कदम रसुलले पनि पार्टी परित्याग गर्दै नेपाल संघीय समाजवादी पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि पर्सा क्षेत्र १ मा उम्मेदवारी दिएका हुन्। 

यस्तै चुनावै पिच्छे दल परिवर्तन गर्ने नेताका रूपमा परिचित वीरगन्जका पूर्वमेयर विमल श्रीवास्तवले पनि प्रतिनिधिसभा सदस्यका लागि पर्सा २ मा फोरम नेपालका तर्फबाट बिहीबार उम्मेदवारी दर्ता गराएका छन्।

स्थानीय तहको निर्वाचनमा नेपाल लोकतान्त्रिक फोरमका तर्फबाट वीरगन्ज महानगरको मेयरमा चुनाव लडेका श्रीवास्तव पराजित भएपछि गत शुक्रबार उनी फोरम नेपालमा प्रवेश गरेका थिए। स्थानीय तह निर्वाचनमा अघि राजपाको महामन्त्री रहेका श्रीवास्तवलाई पार्टीले टिकट नदिएपछि मनोनयनको एक दिन अघि राजपा परित्याग गरी लोकतान्त्रिक फोरममा प्रवेश गरी उनले वीरगन्जको मेयरमा उम्मेदवारी दिएका थिए। नेपाल समाचारपत्रबाट

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved