सुन तस्करीका नाइके फरार, निर्दोष हिरासतमा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 04, 2017 | 08:07:25 AM मा प्रकाशित

laxmi  sunrise bank

टिएको दाबी गरिएको १८ किलो र ८८ किलो सुन तस्करीको सञ्जाल एकै भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । भदौ १९ गते क्षेत्रपाटीमा फेला परेको गाडीमा बरामद भएको ८८ किलो सुन र नागार्जुनको आदेश्वर मन्दिर नजिकै हत्या गरिएका गगन तामाङको समूह एकै भएको महानगरीय प्रहरी अपराध महाशाखाको अनुसन्धानबाट खुलेको हो।

महाशाखाले १९ गते क्षेत्रपाटीमा बा १७ च ६४२७ नम्बरको गाडी नियन्त्रणमा लिएर तलासी लिँदा ८८ किलो सुन फेला परेको थियो । प्रारम्भमा तीन चालकलाई नियन्त्रणमा लिएर प्रहरी अनुसन्धानमा जुटेका बेला असोज ६ मा ढुंगाखानीमा हत्या गरी फालेको अवस्थामा एक युवाको शव फेला पर्‍यो । अनुसन्धानमा सो शव रसुवा पार्वतीकुण्डका गगनको भएको खुल्यो।

८८ किलो र १८ किलो सुन तस्करीलाई सँगै जोडेर अनुसन्धान गर्दा मुख्य कारोबारी चिनियाँ नागरिक नै रहेको खुलेको छ । प्रहरीले सुन तस्करी र हत्याको घटनालाई छुट्टाछुट्टै रूपमा अनुसन्धान अगाडि बढाएको थियो । 

अनुसन्धानमा सविना थोकर जोडिइन् । उनलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाउँदा गगन उनको प्रेमी भएको र सुनको विवादमा उनको हत्या भएको खुलेपछि २६ भदौमा महाशाखाले हत्यामा संलग्न रहेको अभियोगमा रसुवाका लाक्पा ग्याल्जेन, छिरिङ तामाङ, प्रकाश शाक्य र लाक्पा तामाङलाई पक्राउ गरेको थियो। 

अनुसन्धानमा गगन रसुवा हुँदै तस्करी हुने सुन काठमाडौंसम्म ओसार्ने भरिया रहेको र उनले मोटरसाइकलमा रसुवाबाट बोकेर ल्याएको १८ किलो सुन मध्ये ६ किलो लुटिएको भन्दै ढाँटेको आवेगमा उनीहरूले प्रेमिकाको प्रयोग गरेर हत्या गरेको खुल्यो। 

गगनको हत्याका कारण तस्करीको सुनको विवाद रहेको र तस्करीको बाटो रसुवा नै भएको खुलेपछि महाशाखाले सो घटनालाई समेत ८८ किलो सुनसँग जोडेर अनुसन्धान गर्दा हत्या अभियोगमा पक्राउ परेका मध्ये लाक्पा ८८ किलो सुनमा समेत संलग्न देखिए। -नागरिकबाट

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved