मतदाता कहाँ कति ? मोरङमा बढी, मनाङमा सबभन्दा कम

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 06, 2017 | 07:23:13 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ६ निर्वाचन क्षेत्र रहेको मोरङमा सबैभन्दा बढी मतदाता छन् ।  निर्वाचन क्षेत्रका हिसाबले १० वटा क्षेत्र रहेको काठमाडौँभन्दा मोरङमा ४१ हजार ३११ मतदाता बढी छन् ।

सबैभन्दा कम मतदाता मनाङमा छन् ।  यसपटक निर्वाचन आयोगले मताधिकार प्राप्त एक करोड ५४ लाख २७ हजार ९३५ मतदाताको अन्तिम नामावली तयार पारिसकेको छ ।

निर्वाचन आयोगले अद्यावधिक गरेको विवरणअनुसार मोरङमा ६ लाख ४४ हजार ७८३ मतदाता छन् ।  मोरङमा ६ वटा निर्वाचन क्षेत्र छन् ।  सबैभन्दा धेरै निर्वाचन क्षेत्र भएको काठमाडौँमा ६ लाख तीन हजार ४७२ मतदाता छन् ।

काठमाडौँमा दस निर्वाचन क्षेत्र छन् ।  तीन निर्वाचन क्षेत्र रहेको ललितपुरमा दुई लाख २८ हजार ३३९ मतादाता छन् ।  दुई लाख ३३ हजार ५०५ मतादाता रहेको धादिङमा दुई निर्वाचन क्षेत्र छन् ।  भक्तपुरमा एक लाख ७८ हजार ९९ मतदाता छन् ।

झापामा चार लाख पाँच हजार २३६ मतदाता छन् ।  सुनसरीमा चार लाख ७४ हजार ३०८ मतदाता छन् ।  झापामा पाँच र सुनसरीमा चार निर्वाचन क्षेत्र छन् ।  तीन लाख ५४ हजार ४० मतदाता रहेको चितवनमा तीन निर्वाचन क्षेत्र छन् ।  पाँच निर्वाचन क्षेत्र रहेको रूपन्देहीमा पाँच लाख २२ हजार ६०२ मतदाता छन् ।

प्रदेश २ का सबै जिल्लामा चार÷चारवटा निर्वाचन क्षेत्र छन् ।  जहाँ धनुषामा सबैभन्दा बढी मतदाता छन् ।  धनुषामा चार लाख चार हजार ६७४ मतदाता छन् ।  आठ जिल्लामध्ये सबैभन्दा कम मतदाता पर्सामा दुई लाख ८९ हजार ५४ छन् ।

सबैभन्दा कम मतदाता मनाङमा छन् ।  मनाङमा पाँच हजार ८८१ मतदाता छन् ।  मुस्ताङमा नौ हजार ४२७ मतदाता छन् ।  मनाङ र मुस्ताङ दुवैमा प्रतिनिधिसभामा एक÷एक र प्रदेशसभामा दुई÷दुई क्षेत्र छन् ।  रुकुम पूर्वमा २७ हजार ९२८ मतादात छन् ।  एक निर्वाचन क्षेत्र रहेको म्याग्दीमा ७५ हजार ५३८ मतदाता छन् ।  हुम्ला, जुम्ला, मुगु, जाजरकोट, कालीकोट लगायतका जिल्लामा मतदाता एक लाखभन्दा कम छन् ।  सबै जिल्लामा एक÷एकनिर्वाचन क्षेत्र छन् ।

प्रदेश ७ का तीन जिल्ला बाजुरा, डडेलधुरा र दार्चुलामा मतदाता एक लाखभन्दा कम छन् ।  बाजुरामा ६९ हजार ८३४, डडेलधुरामा एक हजार ३७५ र दार्चुलामा सात हजार ५१३ मतदाता छन् ।

सबैभन्दा बढी मतदाता प्रदेश ३ मा

प्रदेशअनुसार सबैभन्दा बढी मतदाता प्रदेश ३ मा छन् ।  प्रदेश ३ मा ३० लाख ७४ हजार ३८४ मतदाता छन् र सबैभन्दा कम मतदाता प्रदेश ६ मा छन् ।  प्रदेश ६ मा आठ लाख ४६ हजार ९४१ मतदाता छन् ।  प्रदेश १ मा २९ लाख ९३ हजार ७७४ मतदाता छन् ।  प्रदेश २ मा २७ लाख ६७ हजार ३७५ मतदाता छन् ।  प्रदेश २ मा प्रतिनिधिसभामा ३२ निर्वाचन क्षेत्र छन् ।

निर्वाचन आयोगको अद्यावधिक विवरणअनुसार प्रदेश ४ मा १५ लाख ६८ हजार ९२४ मतदाता छन् ।  प्रदेश ५ मा २७ लाख ४० हजार ८६४ मतदाता छन् ।  प्रदेश ७ मा १४ लाख ३५ हजार ६७३ मतदाता छन् ।

तेस्रोलिङ्गी मतदाता १६७

आसन्न निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको मतदाताको अद्यावधिक विवरणअनुसार तेस्रोलिङ्गी मतदाता १६७ जना छन् ।  कुल मतदातामध्ये ७७ लाख ७६ हजार ६२७ पुरुष मतदाता छन् भने महिलाको सङ्ख्या ७६ लाख ५१ हजार १४१ छ । गोरखापत्रमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved