छोरो हुनु त लोकमानको जस्तो

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 15, 2017 | 06:17:09 AM मा प्रकाशित

laxmi  sunrise bank

पदमा बसेको मान्छेले स्वार्थमा धक्का लाग्दा पदको दुरुपयोग कसरी गर्दा रहेछन् भन्ने कुराको राम्रो प्रमाण हो यो । धेरैलाई थाहा छ, अहिले काठमाडौंमा जाडो मौसम शुरु भएको छ । अबको सिजन भनेको भोजभतेरको हो । घर र मन्दिरमा भन्दा पार्टी प्यालेसहरुमै यस्ता भोज बढीजसो हुने गरेका छन् । सहजता र सरलता दुवै हिसावले ।

अर्को पनि महत्वपूर्ण कुरा छ, त्यो के भने यो व्यवसायमा कर लाग्दैन । त्यसैले यसमा आकर्षण पनि बढ्दो छ । यही भन्दामा संलग्न एकजना भिआइपीका छोराले प्रहरी प्रमुख निवासको ठ्याक्कै अगाडिपट्टी नक्साल ब्याँक्वेट सात वर्षदेखि सञ्चालन गर्दै आएका थिए । त्यो जमिनमा साम्राज्य समशेरको दरबार थियो निकै पहिले । पछि सोनाम तामाङ नामका व्यापारीले किने । उनी प्रायः विदेशतिरै बस्ने । उनको नाममा रहेको उक्त पार्टी प्यालेस गतिलै चल्ने देखेपछि भाडामा दिएको करार सकिएको अवस्थामा छाड्न अनुरोध गरे । ‘म होटल खोल्छु, जग्गा छाडिदेउ’ भनेका मात्र थिए, उनीविरुद्ध सम्पत्ति शुद्दिकरण विभागमा मुद्दा परिहाल्यो ।

सोनाम तामाङ तिब्बती नागरिक हो, यसले कसरी नेपाली नागरिकता पायो ? यत्रो सम्पत्ति कसरी कमायो ? कहाँबाट आयो ? भन्नेजस्ता प्रश्न उठाउँदै उजुरी परेको हो । झण्डै पारसले चढ्नेभन्दा पनि महँगो मोटरसाइकल चढ्छन् ती पार्टी प्यालेसका मालिक तर उता लामाबिरुद्ध चाँहि ‘कतै विदेशी पैसाको अवैध ओसारपोसार त होइन ?’ भन्दै प्रश्न उठाइयो । जनअास्था साप्ताहिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved