गृहमन्त्री नहुँदा प्रहरीमा ‘रअ’ आतंक

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 15, 2017 | 06:54:30 AM मा प्रकाशित

laxmi  sunrise bank

 गृहमन्त्री नभएको गृह प्रशासन अस्तव्यस्त छ । प्रधानमन्त्री शेरबहादुर देउवा आफैले गृह प्रशासन सम्हालेका छन्, तर उनलाई सुरक्षा दिने निकायको ब्रिफिङ सुन्ने फुर्सद पनि छैन । जसका कारण उनका सहयोगीहरु नै गृहमन्त्री बनेर गृह र सुरक्षा निकायका सचिवहरुलाई ‘यसो गर्नुस् र उसो गर्नुस्’ भनेर काम लगाउने गर्छन् ।

प्रधानमन्त्रीका पीएहरुको ध्यान शान्तिसुरक्षाभन्दा पैसामा छ । जसका कारण गृहमा पुग्दा अराजकता र भ्रष्ट्राचार मौलाएको छ । चुनावको मुखमा प्रहरीमा धमाधन सरुवा भइरहेको छ । सरुवामा चरम राजनीतिकरण भइरहेको छ । नेपाली कांग्रेसका नेताहरुको प्रिय रहेका प्रहरी अधिकारीहरुले मात्र अवसर पाइरहेका छन् । त्यसमा पनि राष्ट्रिय अनुसन्धानबाट प्रहरीमा आएका अधिकारीहरु पहिलो नम्बरमा छन् ।

कार्यक्षमताको हिसावले सबैभन्दा कमजोर रहेको ‘रअ’ टोलीलाई मात्र अवसर दिइएपछि संगठनभित्र व्यापक असन्तुष्टि बढेको छ ।

गत साता तीन जिल्लाका इन्चार्जहरु फेरिएका थिए । जसमा सबैजना राष्ट्रिय अनुसन्धान टोली छन् । कैलालीमा पठाइएका एसपी विनोद घिमिरे, सुर्खेतमा पठाइएका उमाप्रसाद चतुवेर्दी तथा पुर्वी नवलपरासीमा पठाइएका दीपेन्द्र जिसी राष्ट्रिय अनुसन्धानबाट प्रहरीमा स्थानान्तरण भएकाहरु अधिकृतहरु हुन् । तत्कालीन गृहमन्त्री खुमबहादुर खड्काले उनीहरुलाई नेपाल प्रहरीमा ल्याएका थिए ।  दृष्टि साप्ताहिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved