प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिकबाट हट्यो २५६ जनाको नाम

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 20, 2017 | 06:20:38 AM मा प्रकाशित

laxmi  sunrise bank

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूले पेस गरेका उम्मेदवारहरूको बन्दसूची अन्तिम रूपमा आइतबार सार्वजनिक गरेको छ। विभिन्न कारणले उम्मेदवार बन्न योग्य नभएका २५६ जनाको नाम बन्दसूचीबाट हटेपछि अब कुल पाँच हजार ८३८ जना उम्मेदवार कायम भएका छन्।

समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचन अधिकृत एवं निर्वाचन आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्यालले निर्वाचन आयोगमा समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले पेस गरेका उम्मेदवारको बन्दसूची अन्तिम रूपमा सार्वजनिक गरेका हुन्।

अन्तिम रूपमा सार्वजनिक गरिएको बन्दसूचीमा प्रतिनिधिसभा सदस्यतर्फ दुई हजार २७३ उम्मेदवार कायम छन्। सातवटा प्रदेशसभा सदस्यका लागि तीन हजार ५६५ जना उम्मेदवार कायम छन्। जसअनुसार प्रदेश नं. १ मा ५७७, प्रदेश नं. २ मा ८०४, प्रदेश नं. ३ मा ७७४, प्रदेश नं. ४ मा ३१९, प्रदेश नं. ५ मा ६०४, प्रदेश नं. ६ मा २०६ र प्रदेश नं. ७ मा २८१ उम्मेदवार कायम छन्।

आयोगले उजुरउपर छानबिन भई २५६ जना उम्मेदवार अयोग्य ठहरिएको जानकारी दिएको छ। तीमध्ये तीन जना उम्मेदवारले आफैँ उम्मेदवारी फिर्ता लिएका थिए भने योग्यता नपुगेका २५३ को उम्मेदवारी रद्द भएको छ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य सामानुपातिक निर्वाचन प्रणालीतर्फ पाँच हजार ८३८ जना उम्मेदवारमध्ये समावेशी समूहअनुसार आदिवासी जनजाति समूहमा ७६७ पुरुष, ८८१ महिला र एक अन्य गरी एक हजार ६४९ जना (२८.२५५ प्रतिशत), खस आर्य समूहमा ८४५ पुरुष र ९४७ महिला गरी १७९२ जना (३०.७०५ प्रतिशत) कायम छन्।

यसैगरी थारू समूहमा १५५ पुरुष र २४९ महिला गरी ४०४ जना (६.९२५ प्रतिशत), दलित समूहमा ३३६ पुरुष र ४५९ महिला गरी ७९५ जना (१३.६२५), मधेसी समूहमा ४३७ पुरुष र ५३५ महिला गरी जम्मा ९७२ जना (१६.६५५ प्रतिशत), मुस्लिम समूहमा ८० पुरुष र १४६ महिला गरी २२६ जना (३.८७५ प्रतिशत) उम्मेदवारी कायम भएको छ।

प्रतिनिधिसभा सदस्य सामानुपातिक निर्वाचन प्रणालीतर्फ दुई हजार २७३ जनाको उम्मेदवारी कायम भएको छ जसमध्ये एक हजार ४८ पुरुष उम्मेदवार, एक हजार २२४ जना महिला उम्मेदवार र एक जना अन्य लिङ्गको उम्मेदवारी कायम छ। जस अनुसार पुरुष ४६.११, महिला ५३.८८ प्रतिशत र अन्य ०.०४ प्रतिशत कायम रहेको छ।

प्रतिनिधिसभाका दुई हजार २७३ उम्मेदवारमध्ये समावेशी समूहको आदिवासी जनजातिमा ६५५ जना (२८.८२५ प्रतिशत), खस आर्य समूहमा ७०३ जना (३०.९३५ प्रतिशत), थारू समूहमा १५१ जना (६.६४५ प्रतिशत), दलित समूहमा ३१५ जना (१३.८६५ प्रतिशत), मधेसी समूहमा ३५५ जना (१५.६२५ प्रतिशत) र मुस्लिम समूहमा जम्मा ९४ जना (४.१४५ प्रतिशत) उम्मेदवारी कायम भएको छ।

आयोगका प्रवक्ता नवराज ढकालका अनुसार प्रदेशसभा सदस्य सामानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश नं. १ देखि ७ सम्ममा एक हजार ५७२ जना पुरुष र एक हजार ९९३ जना महिला गरी जम्मा तीन हजार ५६५ जनाको उम्मेदवारी कायम भएको भएको छ, जसअनुसार ४४.१० प्रतिशत पुरुष र ५५.९० प्रतिशत महिलाको उम्मेदवारी छ।

प्रदेशसभा सदस्य सामानुपातिक निर्वाचन प्रणालीतर्फ समावेशी समूहअनुसार प्रदेशसभातर्फ आदिवासी जनजाति समूहमा ४४९ पुरुष र ५४५ महिला गरी ९९४ जना (२७.८८५ प्रशित), खस आर्य समूहमा ५०२ पुरुष र ५८७ महिलासहित एक हजार ८९ जना (३०.५५५ प्रतिशत), थारू समूहमा १०३ पुरुष र १५० महिला गरी २५३ जना (७.१०५ प्रतिशत), दलित समूहमा १९३ पुरुष र २८७ महिला गरी जम्मा ४८० जना (१३.४६५ प्रतिशत), मधेसी समूहमा २७७ पुरुष र ३४० महिला गरी ६१७ जना (१७.३१५ प्रतिशत), मुस्लिम समूहमा ४८ पुरुष र ८४ महिला गरी १३२ जना (३.७०५ प्रतिशत) उम्मेदवारी कायम भएको छ। गोरखापत्रमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved