कुनै बेला ओलीका 'प्रिय पात्र' रहेका विनोद चौधरीले यसकारण छाडे एमाले

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 20, 2017 | 06:51:38 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय नाकाबन्दीकै बेला प्रधानमन्त्रीको कुर्सीमा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओली भारतीय पक्षलाई ल्याएर जनजीवन समान्य बनाउन चाहन्थे । त्यसैले उनले प्रधानमन्त्री हुनेबित्तिकै केही पात्रहरु यसको लागि परिचालन गरे। त्यसरी परिचालन गर्न छानिएका पात्रहरुमध्ये एक थिए खर्बपति विनोद चौधरी ।

भारतनिकटका एकसे एक व्याक्तिहरु नेपालभित्र हुँदा पनि ओलीको रोजाइमा चौधरी नै पर्नुको कारण थियो–एमाले आवद्ध उनको चर्चित जनता पार्टी, श्री श्री रविशंकर र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायतसँग विशेष सम्बन्ध ।

उतिबेला ओलीको विशेष दूतको रुपमा भारत पुगेर स्वामी रविशंकरको सहयोगमा चौधरीले नाकाबन्दी खुलाउन निकै प्रयत्न गरेका थिए । श्री श्री रविशंकरमार्फत नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुषमा स्वराजलगायतसँग भेटेर उनले कन्भिन्सको प्रयास गरेका थिए । कुनैबेला एमालेमा रहेका चाधरी सुटुक्क डेरा सरेर किन कांग्रेसमा ओत लाग्न पुगे ?

स्रोतका अनुसार चौधरी भारतीय योजना अनुसार नै केपी ओली र एमाले त्यागेर कांग्रेसमा लागेका हुन् । चौधरी पहिलेदेखी नै भारतनिकट हुन् । स्रोत भन्छ ‘ वामगठबन्धनको निर्माण गरेर चीनले नेपाललाई आफ्नो पञ्जाबाट फुत्काउन खोजेको निष्कर्शमा पुगेको भारतले गठबन्धन टुटाउन प्रयोग गरेको एउटा कार्ड चौधरी पनि हुन् । साँघु साप्ताहिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved