बम पड्काउँदै मनग्ये खर्च उठाउँदै

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 22, 2017 | 06:31:51 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिनिधि र प्रदेशसभाको चुनाव नजिकिँदै जाँदा उम्मेदवार र दललाई चुनावी खर्चको जोहो गर्न निकै मुस्किल परेको छ । तैपनि, उम्मेदवार दलले कतै चन्दा उठाएको सुनिएको छैन र निर्वाचनमा भागै नलिएको । बरु चुनाव भाँड्नका लागि बम बारुद पड्काइरहेको दलले भने मनग्ये भन्दा उठाइरहेको छ । चुनाव रोक्न चलाइएको चन्दा अभियानले यतिखेर जिल्लावासी धेरैलाई त्रसित बनाएको छ ।

चुनाव रोक्न भन्दै विप्लवका कार्यकर्ताले स्थानीय तहका जनप्रतिनिधिसँगै चन्दा मागिरहेका छन् । चुनाव रोक्न खर्च चाहियो भन्दै फोनमार्फत चन्दा माग्ने गरेको एक वडाअध्यक्षले बताए । चन्दा माग्दा भोजपुर लगायत अन्य जिल्लामा गरिएको आक्रमणको घटनालाई जोडेर मनोवैज्ञानिक त्रास देखाई चन्दा माग्ने गरेका छन् ।

आक्रमण गरेको जिल्ला र घटनाको विवरण सुनाउँदै यहाँ पनि पड्काउनपर्ने रहेछ भनी सहयोग माग्ने गरेको प्रतिनिधिले बताए । फोनबाट चुनाव रोक्न चन्दा मागे पनि इलाममा अहिलेसम्म विप्लवको गतिविधि भने देखिएको छैन । सुरक्षा निकायले सतर्कता बढाए पनि विप्लवका कार्यकर्ता पक्राउ परेका छैनन् । स्थानीय तहको निर्वाचनमा भने सदरमुकामकै एक मतदान केन्द्रमाक बम पड्काएका थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved