प्रकाशले किनेको हृदयघात भएको ३ घण्टासम्म जोगिने औषधि बिनाको झोलामा परेपछि…

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 22, 2017 | 07:42:58 AM मा प्रकाशित

laxmi  sunrise bank

कतिपय अवस्थामा मानिसलाई आफ्नो जीवनमाथि खतरा आउन लागेको पूर्वाभाष भएर प्रतिरोधको तयारी गर्दागर्दै पनि सानो हेलचेक््याइँले दुर्घटना टर्दो रहेनछ । प्रचण्डपुत्र प्रकाशको अवसानमा ठ्याक्कै यस्तै भएको पाइएको छ । उनले एकमहिनाअघि आफ्ना बुबा र एमाले अध्यक्ष केपी ओलीबीच मानभवन र थापाथलीतिर ६०–४० को सिट बाँडफाँडको कुरा चलिरहेका बेला बाहिर बसेका अन्य साथीहरु समक्ष यस्तो सम्भावनाबारे कुरा चलाएका रहेछन् ।

ओलीका स्वकीय सचिव राजेश बज्राचार्यसँग सूचना शेयर गर्दै भनेका रहेछन्, ‘दौडधुपको बेला छ, यस्तो बेला अत्यन्तै तनाब हुन्छ । अकस्मात हार्ट अट्याक वा ब्रेन ह्यामरेज पनि हुन सक्छ । यदि त्यस्तो भइहाल्यो भनेपनि तीन घण्टासम्म जोगिनसक्ने औषधि हुँदोरहेछ । मैले तकिनेर राखेको छु । ३ घण्टामा त अस्पताल पुग्न सकिइहालिन्छ नि ।’

उनले बज्राचार्यलाई पनि अत्यन्तै सर्वसुलभ र सस्तो औषधिको नाम बताउँदै सल्लाह दिएका रहेछन्, ‘तपाईं पनि एस्प्रिन (रगत पातलो बनाउने) किनेर साथमै राख्नुस् है । तर, दुभाृग्यबस् प्रकाशले किनेको सो औषधि पत्नी बिना मगरको झोलामा परेछ । त्यो बोकेर बिना कञ्चनपुर पुगेका बेला यता प्रकाश ह्दयघातको शिकार बनेका छन् ।

संयोगबश ओलीका पीए पनि मोटरसाइकल दुर्घटनामा परी अहिले घरमै आराम गरेर बसेका छन् । आइतबार दिउँसो यसबारे उनलाई केपी ओलीले सुनाउँदा प्चण्डले पत्नी सीतालाई सोधे, ‘के त्यस्तो तयारी र पुर्वाभाष थियो त प्रकाशलाई ?

सीताले जवाफ दिइन्, ‘मलाई त त्यो औषधि उ स्वयंमलाई भन्दा पनि तपाईंका लागि पो होकि भन्ने लागेको थियो मलाई । बुवालाई प्रेसर र सुगर छ भनेर सधै पीर गरिरहन्थ्यो । आफैलाई होकि भन्ने त मलाई थाहै थिएन ।’

त्यसो त शनिबार राति छोरो बिरामी छ भनेर जाउलो खुवाएपछि सीताले ढोका नलगाई सुत है बाबु पनि भनेकी रहिछन् । प्रकाशले आमाले भने बमोजिम ढोका त लगाएनन् तर, बिहान भने उठ्न सकेनन् । स्रोतका अनुसार सीताले बहिान उठेर छोराको कोठा चियाइन् पनि । गलेर सुतेको होला भन्ने ठानेर पहिले आफू ट्रेडमिलमा गयन् र पछि उठाउन खोज्दा शरीर चिसो र अररो भइसककेको थियो ।

तत्काल सन्तु दराईलाई बोलाएर अस्पताल पठाइन् । यो कुरा कांग्रेसका विमलेन्द्र निधि, संघीय समाजवादीका राजेन्द्र श्रेष्ठ भेट्न गएका बेला प्चण्डले सुनाएका हुन् ।-जनसत्ता साप्ताहिबाट

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved