सर्वोच्चमा भ्रष्टाचारका पाँच सय मुद्दा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 23, 2017 | 07:38:52 AM मा प्रकाशित

laxmi  sunrise bank

सर्वोच्च अदालतले पूर्वगृहसचिव पदमप्रसाद पोखरेलसहित भ्रष्टाचारसँग जोडिएका १० वटा मुद्दामा सुनुवाइका लागि अघिल्लो साताको आइतबार पेसी तोके पनि ‘हेर्न नभ्याइने’ को सूचीमा परे । न्यायाधीश शारदाप्रसाद घिमिरे र डम्बरबहादुर शाहीको संयुक्त इजलासमा भ्रष्टाचारका मुद्दा पेसीमा चढाइएको थियो ।

०६० सालमा भ्रष्टाचार मुद्दा चलाइएका पोखरेलले २०६९ चैतदेखि सर्वोच्चमा तारिख खेपिरहेका छन् । पाँच वर्षदेखि मुद्दाको पालो कुरेर बसेका पोखरेल त्यसदिन पनि यत्तिकै फर्किए। अर्का पूर्वसहसचिव वामदेवदीप अधिकारी पनि ०६६ सालदेखि सर्वोच्चमा धाइरहेका छन् ।

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश फेरिएसँगै भ्रष्टाचारका मुद्दालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए पनि व्यावहारिक रूपमा भने प्रतिफल हात लाग्न सकेको छैन । अझै पनि १०वर्ष पुराना भ्रष्टाचारका मुद्दा सर्वोच्चमा पुगेर अड्किएका छन्। यम विरहीले आजको अन्नपूर्ण पोस्टमा लेखेका छन् ।

सर्वोच्चको मुद्दा महाशाखाका अनुसार हाल सर्वोच्चमा पाँच सय ८८ थान भ्रष्टाचारका मुद्दा थाती छन् । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र, घुस, अकुत सम्पत्ति आर्जन, सार्वजनिक संस्थालाई हानि–नोक्सानी र अनुचित कार्यमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वर्षौंअघि चलाएका भ्रष्टाचारका मुद्दा न्यायालयमा पुगेर चाङ लागेका हुन् । यता, आरोपित व्यक्ति निर्णयको पर्खाइमा वर्षौंदेखि सर्वोच्चमा तारिख धाइरहेका छन् ।अन्नपूर्ण पोस्टमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved