बम विस्फोटनका घटनापछि अमेरिकी दूतावासको यस्तो अपिल

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 24, 2017 | 06:48:24 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिनिधि र प्रदेशसभा निर्वाचनको पूर्वसन्ध्यामा बढ्दो बम विस्फोटनका घटनाले नेपालको पर्यटन क्षेत्रमा नकारात्मक असरपर्ने संकेत देखिएको  छ ।बम विस्फोटकै घटनालाई लिएर नेपालस्थित अमेरिकी दूतावासले नेपाल भम्रणमा रहेका आफ्ना नागरिकलाई सुरक्षित रहन आग्रह गरेको छ।

दूतावासले बिहीबार विज्ञप्ति जारी गरी यही मंसिर १० र २१ गतेको निर्वाचनका बेला हुन सक्ने घटनाका विषयलाई लिएर अमेरिकी नागरिकलाई सुरक्षित रहन अपिल गरेको हो।

निर्वाचनको पूर्वसन्ध्यामा देखिएका आतंकको घटनाबाट सुरक्षित हुन आफैले होसियारी अपनाउनपर्ने दूतावासको भनाइ छ ।दूतावासले आफ्ना नागरिकलाई मतदान स्थान, राजनीतिक दलको कार्यालय, उम्मेदवारको र्‍याली र मतदानका दिन र पछि हुनसक्ने अन्य घटनाबाट टाढा रहन आग्रह गरेको छ। अन्नपूर्ण पोस्टमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved