भाउजूको गोप्य फोटो फेसबुकमा सार्वजनिक गरेपछि …

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 29, 2017 | 06:12:11 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली समाजलाई अहिले दुईवटा समस्याले सताएको छ । वैदेशिक रोजगारले रेमिट्यान्स त भित्रिएको छ र यसैसँग धेरै बिकृति पनि बढेका छन् । त्यस्तै फेसबुकले पनि धेरैलाई बर्बाद बनाएको छ ।

फेसबुककै कारण दाङकी एक महिलाको डिभोर्स हुने अवस्था आइपरेको छ । श्रीमान् विदेशमा भएकाले उनको देवरसँग हिमचिम भयो । तर, पछिल्लो समय देवरसँग टाढिइन् । त्यसपछि देवरले ब्लाकमेलिङ शुरु गरे । पहिले खिचेका तस्वीरहरु फेसबुकमा राखिदिए । त्यसपछि प्रहरीकोमा पुगिन् । प्रहरीले हालै ति महिलाको देवर कृष्ण चौधरीलाई पक्राउ गरेको छ । महानगरिय प्रहरी परिसर काठमाडौंले चौधरीलाई विद्युतिय कारोबार ऐनअनुसार कारबाही अघि बढाएको छ । विगतको सम्बन्ध लुकाउन उनले देवरलाई थुनाएकी छिन् ।

यस्ता उजुरीहरु दैनिकजसो प्रहरीमा आउने गर्छ । केटा केटीबीच राम्रो सम्बन्ध हुँदा अश्लील फोटोहरु खिच्ने गर्छन् । जब सम्बन्ध बिग्रन्छ त्यसपछि तिनै फोटोहरु सार्वजनिक गरेर बदला लिन्छन् । खासगरी युवतीहरु यस्तो समस्याबाट पीडित बन्ने गरेको काठमाडौं परिसरका प्रहरी अधिकारीहरु बताउँछन् । जसरी समाजमा फेसबुक लोकप्रिय छ, त्यसैगरी यसले समस्या पनि बढाउँदै लगेको छ ।  दृष्टि साप्ताहिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved