संयुक्त अपिलको तयारीमा ओली र प्रचण्ड

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 04, 2017 | 06:35:31 AM मा प्रकाशित

laxmi  sunrise bank

वाम गठबन्धनका तर्फबाट मतदातालाई गठबन्धनलाई आह्वान गर्दै एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संयुक्त अपिल निकाल्ने तयारी गरेका छन् । दुवै अध्यक्षसँग सल्लाह गरेर अपिलमार्फत मतदातालाई आह्वान गर्ने अन्तिम तयारी भइरहेको प्रवक्ता रिमालले बताए ।

घरदैलो सकेर देशभर चुनावी सभामा एमाले

दोस्रो चरणको चुनावी प्रचारको अन्तिम चरणमा एमाले घरदैलो अभियान सकेर चुनावी सभामा केन्द्रित भएको छ । २१ मंसिरमा हुने १ सय २८ निर्वाचन क्षेत्रमध्ये धेरै क्षेत्रमा क्षेत्रीयस्तरको बृहत् सभा र कतिपय क्षेत्रमा कोणसभा गर्ने एमालेको तयारी छ ।

प्रवक्ता विष्णु रिमालका अनुसार चुनावी प्रचारको अन्तिम दिन उत्कर्षका रूपमा थुप्रै स्थानमा चुनावी सभा हुनेछन् । ‘कतिपय स्थानमा चुनावी सभा हुन्छन्, कतिपय स्थानमा अन्तिम घरदैलोलगायत चुनावी प्रचारका कार्यक्रम सम्पन्न हुनेछ,’ उनले भने ।

नेताहरू चुनावी सभामै केन्द्रित

चुनावी प्रचार उत्कर्षमा पुग्दै गर्दा अध्यक्ष केपी ओलीसहितका शीर्ष नेताहरू सभा केन्द्रित भएका छन् । आइतबार प्रचण्डको चुनावी क्षेत्र चितवन ३ को माडीमा आयोजित चुनावी सभामा सहभागी भएर काठमाडौं फर्किएका ओलीले सोमबार काठमाडौं ४ को कपनमा आयोजित सभालाई सम्बोधन गर्दै छन् । ओलीले आइतबार नै मोरङ ३ को विराटचोकमा सम्बोधन गरेका थिए ।

त्यस्तै, वरिष्ठ नेता माधवकुमार नेपालले कोटेश्वरमा आयोजित काठमाडौं २ को क्षेत्रीय सभालाई सम्बोधन गर्नेछन् । त्यस्तै, महासचिव ईश्वर पोखरेलले आफ्नै चुनावी क्षेत्र काठमाडौं ५ को बसुन्धरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्नेछन् । एमालेका सबै उम्मेदवार चुनावी प्रचारको अन्तिम दिन आफ्नै निर्वाचन क्षेत्रमा अन्तिम चुनावी प्रचारमा हुनेछन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved