जाँदा जाँदै मोटो कमिसन रकम लिने स्वास्थ्यमन्त्रीको दाउ, डा. रौनियार सम्पर्कविहीन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 16, 2017 | 08:37:10 AM मा प्रकाशित

laxmi  sunrise bank

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. राजकुमार रौनियार मोबाइल स्वीच अफ गरेर तीन दिनदेखि बिदा बसेका छन् । बिदा लिएर सम्पर्कविहीन भई बस्नुपर्ने उनको वाध्यता हो - स्वास्थ्यमन्त्री दीपक बोहराको निरन्तर दबाब ।  

मन्त्री बोहराले प्रतिष्ठानको सिनेट बैठक बोलाउन उपकुलपति रौनियारलाई निरन्तर दबाब दिँदै आएको प्रतिष्ठान स्रोतले जनाएको छ ।

कामचलाउ मन्त्रीले बैठक राखेर गर्ने निर्णयले भविष्यमा आफ्नो प्रतिष्ठामा दाग लाग्ने डरले उपकुलपति रौनियार बिदा लिएर सम्पर्कविहीन भएका हुन् ।

स्रोतका अनुसार मन्त्री बोहराले शुक्रबार (मंसीर २९ गते) सिनेट बैठक बोलाउन रौनियारलाई निरन्तर दबाब दिँदै आएका थिए ।

सिनेट बैठकको सचिव उपकुलपति हुने प्रावधान छ ।

बोहराले जाँदाजाँदै बैठक सिनेट राखी निर्माणाधिन एमसीएच (मातृशिशु स्याहार केन्द्र) को बजेट स्वीकृत गरी मोटो कमिसन रकम लिने दाउ छोपेको स्रोतको भनाइ छ ।नागरिक दैनिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved