आमाको बचतबाट व्यापार, यसरी बने अरबपति

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 23, 2017 | 09:16:03 AM मा प्रकाशित

laxmi  sunrise bank

क्यानडेली उद्यमी बनार्ड ‘ब्यारी’ शेरम्यानले सानै उमेरमा आफ्नो बुबा गुमाएका थिए । आमाले छोराको पालपोषण गर्न नसकेर आफ्ना देवरदेवरानीलाई जिम्मा लगाइदिएकी थिइन् । आमाको सानोतिनो जागिर थियो । त्यही जागिरबाट उपलब्ध हुने रकम उनी बचत गर्थिन् । एकदिन त्यही रकम छोराका लागि काम आयो । आमाको बचत रकमबाट शेरम्यानले व्यवसाय खरिद गरेका थिए । बुबा टोरेन्टोमा जिपर बनाउने कम्पनीमा काम गर्थे ।

शेरम्यान ‘जेनेरिक’ औषधि कम्पनी एपोटेक्सका अध्यक्ष एवं संस्थापक थिए । १५ डिसेम्बर २०१७ मा आफ्नी पत्नी हनीसँगै मृत अवस्थामा उनी फेला परेका थिए । टोरन्टोस्थित आफ्नै बंगलाको पुल नजिक दम्पतीका शब भेटिएका थिए । मृत्यू शंकास्पद र रहस्यमय भएकाले प्रहरीले गहन अनुसन्धान गरिरहेको छ । अर्बपति दम्पतीको मृत्यू भएको सात दिन भइसक्दा पनि मृत्यूको कारण पत्ता लाग्न सकेको छैन ।

परोपकारी र समाजसेवीसमेत रहेका उनको श्रद्धाञ्जली सभामा मुलुकका गन्यमान्य व्यक्तिदेखि सयों सर्वसाधारणको उपस्थिति थियो । ब्यारी र हनी शेरम्यानको छोराले आफ्ना आमाबुबाको मृत्यूबारे गरिएको अड्कलबाजीले आफू आतंकित भएको प्रतिक्रिया दिएको एबीसी न्यूजले जनाएको छ ।

छोरा जोनाथन शेरम्यानलाई उद्धृत गर्दै उसले लेखेको छ, ‘बिनापुष्टिको समाचार निराधार अड्कलबाजीले हामीलाई थप पीडा महसुस भइरहेको छ ।’ प्रहरीले दुवैको घाँटीमा दबाब देखिए पनि जबर्जस्ती कसैले हत्या गरेको नदेखिएको प्रारम्भिक रिपोर्टमा उल्लेख गर्दै अनुसन्धान भइरहेको जनाएको छ । कान्तिपुर दैनिकमा दिनेश यादवले खबर लेखेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved