प्रचण्डलाई प्रधानमन्त्री बनाउन यस्तो कसरत

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 23, 2017 | 09:31:18 AM मा प्रकाशित

laxmi  sunrise bank

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई अबको पाँच वर्ष प्रधानमन्त्री बनाउने प्रयास भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत कम्युनिष्ट पार्टीको अध्यक्ष नदिने बुझिएपछि प्रचण्डले प्रम बन्ने प्रयास थाल्नुभएको हो । दलको आन्तरिक बैठकमा उहाँले आफूलाई कांग्रेसबाट पाँच वर्षको लागि प्रम बन्ने प्रस्ताव आएको खुलासा गरिसक्नुभएको छ । कांग्रेस सभापति देउवानिकट केही नेताबाट गत हप्ता यसको खुलासा भइसकेको थियो ।

पाँच वर्ष प्रम बन्ने सम्भावना रहेमा त्यसबारे सकारात्मक हुनुपर्नेमा माओवादीका केही नेताले अध्यक्ष प्रचण्डलाई सुझाव दिएका छन् । वर्षमान पुनले पाँच वर्ष सत्ताको नेतृत्व पाएपछि हट्न नहुने सुझाव प्रचण्डलाई दिनुभएको बुझिएको छ । जर्नादन शर्मा पनि यसबारे सकारात्मक बन्दै जानुभएको छ । प्रचण्डले एमालेको रणनीतिबाट कदम चाल्ने तयारी गर्नुभएको छ ।

एमालेभित्र प्रचण्डलाई अध्यक्ष बन्न दिन नहुने पक्ष बलियो हुँदै गएको छ । माधव नेपालदेखि इश्वर पोखरेलसम्मका नेता प्रचण्डलाई अध्यक्ष दिने शर्तमा एकता गर्न नहुने पक्षमा हुनुहुन्छ । उता ओली पक्षले भने आलोपाले अध्यक्षतको शर्तसशित अघि बढ्ने तयारी गरेको बताइन्छ । प्रचण्ड त्यसमा सहमत हुने सम्भावना कम छ ।  विमर्श साप्ताहिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved