केपी ओली र रवीन्द्र मिश्रको यस्तो साँठगाँठ !

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 23, 2017 | 09:39:14 AM मा प्रकाशित

laxmi  sunrise bank

रवीन्द्र मिश्रलाई केपी ओलीले राजनीति सिक्दै गरेको भनेर व्याङ्ग्य गर्नुभए पनि निर्वाचनमा साथ दिएको खुलासा भएको छ । एमालेको साथ लिदैँ काठमाडौं– १ मा १० हजार मत कटाए पनि रवीन्द्र प्रकाशमान सिंहसँग पराजित हुनुभएको थियो । त्यहाँ उहाँले पाएको अधिकांश मत एमाले पक्षधरको थियो ।

आरजु देउवालाई हराउन विवेकशील साझाले कैलालीमा सघाउने शर्तमा रवीन्द्रलाई एमालेले सघाउने गरी साँठगाँठ गरिएको थियो । आरजुले त निर्वाचनमा हार्नुभयो तर यता रवीन्द्रले निर्वाचन जित्नुभएन । विवेकशीलले एमालेका नारदमुनि रानालाई सघाउने भित्री सहमतिबमोजिम निर्वाचनमा चलखेल भएको थियो ।

कैलालीमा गोपी हमालले नारदमुनीलाई सघाउनुभएको थियो र हमाल विवेकशील प्रवेश गर्नुभएपछि त्यहाँ विवेकशीलको प्रभाव देखिएको थियो । हमाल स्थानीयवासीबीच लोकप्रिय मानिनुहुन्छ । टीकापुर नगरपालिकामा निर्वाचन लड्दा उहाँले लोकप्रिय मल ल्याई दोस्रो स्थान हासिल गर्नुभएको थियो । उहाँको विवेकशील प्रवेशले त्यस क्षेत्रमा तरंग ल्याएको थियो । एमालेले हमालको लोकप्रियतालाई आफ्नो पक्षमा खिच्न सफललता हासिल गरेको थियो । आरजुले हमाललाई बेवास्ता गर्दा हार वेहोर्नुपर्यो ।  विमर्श साप्ताहिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved