सरकारी गाडी दुरुपयोगको पराकाष्ठा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 24, 2017 | 06:55:29 AM मा प्रकाशित

laxmi  sunrise bank

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यालय प्रयोजनार्थ प्रयोगमा रहेको बा १ झ ५४६६ नम्बरको सरकारी गाडी दुरुपयोग हुँदै आएको छ ।

सो गाडी कार्यालय अघि पछि र सार्वजनिक बिदाको दिनमा समेत प्रतिष्ठानकी उपकार्यकारी निर्देशक डा. इन्द्रकुमारी अधिकारीको बूढानीलकण्ठस्थित निवास परिसरमा भेटिन्छ ।

अधिकारीलाई त्रिपुरेश्वरस्थित कार्यालयमा ल्याउन, पुर्याउन प्रतिष्ठानले छुट्टै चालक खटाएको छ ।तर, चालकले उहाँसहित सरकारी गाडीलाई निजी साधनसरह निवासमा छाडेर फर्किने गरेका छन् ।

प्रतिष्ठानका एक कर्मचारीले भने, ‘३-४ महिना भयो उहाँ (अधिकारी)ले चड्ने गाडी प्राय बूढानीलकण्ठतिरै हुन्छ, अरु गाडी चाहिँ बिदाको दिनमा पनि कार्यालयमा राख्ने गरिएको छ ।’

परराष्ट्र मन्त्रालय मातहतको सो कार्यालयमा गत बर्ष उपकार्यकारी निर्देशकको राजनीतिक नियुक्ति लिनुभएकी अधिकारी उपसचिवस्तरकी कर्मचारी हुनुहुन्छ । नेपाल समाचारपत्रमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved