कति पाए म्यादी प्रहरीले ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 25, 2017 | 07:37:44 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी सुरक्षामा खटिएका म्यादी प्रहरीको बिदाइका क्रममा दोलखा र कालिकोटमा झडप भयो । दुवै घटनामा म्यादी प्रहरीको असन्तुष्टि थियो– दिने भनिएको सेवासुविधा प्रहरीले कटौती गरेर दियो ।

दोस्रो दिन पनि जारी कफ्र्युले सुनसान कालिकोट सदरमुकाम मान्म बजार । प्रहरीको गोलीले म्यादीको मृत्यु भएपछि शुक्रबारदेखि सदरमुकाम तनावग्रस्त छ ।

यही विवादमा ३ पुसमा दोलखामा म्यादी प्रहरी र प्रहरीबीच झडप हुँदा ७ जना घाइते भए । त्यस्तै, ७ पुसमा कालिकोटमा यस्तै प्रकृतिको झडप हुँदा प्रहरीको गोली लागी म्यादी प्रहरी विवेक ऐडीको मृत्यु भयो ।

८ पुसमा गृह मन्त्रालयले कालिकोटमा मृत्यु भएका म्यादी प्रहरीको घटनामा छानबिन गर्न मन्त्रालयका सहसचिव मानबहादुर विश्वकर्माको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको छ । सात दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश पाएको समितिले आइतबार काम थालेको छ । कान्तिपुरमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved