शीतलहरबाट क्षति रोक्न सरकारको ‘न्यानो कार्यक्रम’

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 26, 2017 | 07:47:15 AM मा प्रकाशित

laxmi  sunrise bank

 गृह मन्त्रालयले शीतलहरका कारण हुनसक्ने मानवीय क्षति नियन्त्रण तथा न्यूनीकरणका लागि पूर्वतयारी गर्न देशभरका प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ ।

राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्र र केन्द्रीय दैवीप्रकोप उद्दार समितिमा भएको छलफलपछि गृह मन्त्रालयले शीतलहर र चीसो प्रभावित सबै क्षेत्रमा विशेष कार्यक्रम सञ्चालन गर्न ७७ वटै स्थानीय प्रशासनलाई परिपत्र गरेको हो ।शीतलहर तथा चिसोबाट व्यक्तिको ज्यान गएमा पीडित परिवारलाई आर्थिक सहायतासमेत उपलब्ध गराउने जनाइएको छ ।

देशभरका जिल्ला प्रशासन कार्यालयहरुलाई गृह मन्त्रालयले शीतलहर र चीसो नियन्त्रण, राहत सामग्री वितरण तथा ‘न्यानो कार्यक्रम’ सञ्चालन गर्न ५ बुँदे निर्देशन पनि दिएको छ । गृह मन्त्रालयले विशेषगरी तराइ–मधेस, हिमाली तथा भूकम्पप्रभावित क्षेत्रको मौसमलाई ख्याल गरेर शीतलहर नियन्त्रण अभियान चलाउन भनेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार शीतलहर र चिसोका कारण कठ्यांग्रिएर आर्थिक वर्ष २०७२-७३ मा ५३ र गत वर्ष ४० भन्दा बढीको ज्यान गएको थियो । कारोबारमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved