शिर्ष नेताहरुको बैठक आज, प्रचण्डले मान्लान त यो प्रस्ताव ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 27, 2017 | 07:17:52 AM मा प्रकाशित

laxmi  sunrise bank

एमालेले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा दह्रो सफलता पाएसँगै त्यो पार्टीले चौतर्फी प्रहार समाना गर्नुपर्ने भएको छ । अगाडिको बाटो तय गर्न त्यति मात्रामा बाधा–व्यवधान छिचोल्नुपर्ने देखिन्छ ।

अध्यक्ष केपी शर्मा ओलीसामु आफैभित्रका माधव, वामदेव र झलनाथ खेमाको व्यवस्थापनजस्ता पुरानो कार्यभारको अतिरिक्त माओवादी लगायत वामघटकहरुसँगको पार्टी एकता र मोर्चाबन्दीलाई समेत दीर्घकालिन रुपमा स्वरुप दिन चिन्तित हुनुपर्ने चुनौती छ ।

यसैबेला ठूलो जनअपेक्षा पूरा गर्नुपर्ने, मुलुकलाई शान्ति, स्थिरता र समृद्धिको दिशामा अघि बढाउन ठोस कदम चाल्नुपर्ने दायित्व पनि यही पार्टीकै काँधमा छ । त्यसमाथि वाम गठबन्धनले नेपालमा यसरी चुनाव जितेको वरिपरिका धेरै शक्तिलाई चित्त बुझेको छैन । सायद त्यही भएर होला उपाध्यक्ष वामदेव गौत्मको घरमा बसेको स्थायी समिति बैठकमा ५ वर्षका लागि ढुक्कले प्रधनमन्त्री बन्नुस् भन्दै कांग्रेस सभापति शेरबहादुर देउवाले प्रस्ताव राखेको तर प्रचण्डले ठाडै इन्कार गरेको विषयमा विमर्श भयो । ओली र प्रचण्डका अभिव्यक्ति परस्पर विरोधी खालका सुन्न थालिएको अवस्थामा धेरै कुरा अझै अन्योलमा रहेको देखिन्छ ।

यसरी आपसी समझदारीको दूरी बढ्दै जाँदा र प्रचण्डलाई अरुबाट राम्रा अफर आउँदै गर्दा एमालेले त्योभन्दा एक कदम अगाडि बढेर वाम गठबन्धन र पार्टी एकताको विषयलाई टुंगोमा पुर्याउन बाध्य बन्नुपर्ने स्थिति सिर्जना हुन्छ ।  जनआस्था साप्ताहिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved