प्रदेश राजधानीको चर्चासँगै अत्यधिक बढ्यो जग्गाको मूल्य

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 31, 2017 | 06:15:53 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश राजधानीको चर्चासँगै जग्गाको मूल्य अत्याधिक पाइएको छ ।सरकारद्धारा गठित उच्चस्तिरीय समितिले प्रदेश १ को सुनसरी, प्रदेश २ को जनकपुर, प्रदेश ३ को काठमाडौं, प्रदेश ४ को पोखरा, प्रदेश ५ को दाङ, प्रदेश ६ को सुर्खेत, प्रदेश ७ को धनगढीलाई सम्भावित राजधानी प्रस्ताव गरेको छ ।

मुस्किलले २ देखि ३ लाख रुपैयाँ कट्ठा पर्ने जग्गा अहिले १५ देखि २० लाख रुपैयाँमा कारोबार भइरहेको दाङ घोराही उपमहानगरपालिका ७ का राकेश बस्नेतले जानकारी दिए ।

यस्तै ३ लाख मिटर पर्ने जग्गा अहिले ५ देखि ६ लाखमा कारोबार भइरहेको सुर्खेतका व्यवसायी रामचन्द्र शाहीले बताए ।जनकपुर २३ का अहमद हुस्सेनले ३० देखि ३५ लाख प्रति कट्ठा पर्ने जग्गा राजधानीको चर्चा भएसँगै बढेर ४० लाख पुगेको जानकारी दिए ।

सुनसरीमा केहीअघि ७० लाख सम्म पर्ने एउटा घडेरीको मूल्य अहिले ८० लाखदेखि १ करोडसम्म पुगेको छ ।धनगढीमा पनि जग्गाको कारोबारमा विगतको भन्दा वृद्धि भएको छ ।

काठमाडौं केन्द्रीय राजधानी भएकाले पनि जग्गा कारोबारमा खासै प्रभाव परेको छैन ।पोखरामा भने जग्गाको भाउ अहिलेसम्म यथास्थितिमै छ । नेपाल समाचारपत्रमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved