पेरिसडाँडामा दुई करोडको झापड

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 02, 2018 | 06:46:58 AM मा प्रकाशित

laxmi  sunrise bank

माओवादीले प्रदेश नम्बर ३ बाट एक जना शेर्पा समुदायका पुरुषलाई सांसद बनायो । दोलखा घर भएका आङदेण्डी शेर्पालाई माओवादी केन्द्रले प्रदेशसभा सदस्यमा समानुपातिकबाट सांसद बनाएको बारेमा पेरिसडाँडामा हल्लाखल्ला मात्रै भएन हात हालाहाल नै भयो । शेर्पासँग २ करोड रुपैयाँ लिएर हितमान शाक्य र झक्कु सुवेदीले सांसद बनाएको आरोपमात्रै लगाइएन माओवादी केन्द्रको हेडक्वार्टरमा हातपात नै भयो ।

सिन्धुपाल्चोक घर भएका झंक पराजुलीले शाक्य र सुवेदीलाई हात हालेको खबरले राजनीतिक बजार नै ततायो । शाक्य प्रदेश ३ को इन्चार्ज र सुवेदी सहइञ्चार्ज हुन् । सांसद बन्ने सौभाग्य पाएका शेर्पा भने पहिला कांग्रेसको राजनीतिमा थिए । कांग्रेस पक्षधर ठेकेदार पिजछिरिङ्ग लामाको संगतमा रहेका शेर्पा पछि वैदेशिक रोजगारका लागि अमेरिकातिर लागे । अमेरिकामा केही पैसा कमाएर फर्केका शेर्पा २०७० को आसपासमा माओवादीको संगतमा पुगेको बताइन्छ ।

२०७० को संविधान सभा निर्वाचनमा सांसद हुन नसकेका शेर्पाले अहिले पार्टीका नेताहरुलाई २ करोड रुपैयाँ बुझाएर सांसद भएको माओवादीका कार्यकर्ताहरुले नै आरोप लगाएका छन् । त्यही आरोपपछि माओवादी पार्टीमा संघर्स गरेर पनि अवसर नपाएका पराजुली नेताहरुमाथि खनिन पुगे । आजको साँघु साप्ताहिकमा खबर छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved